Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

किन लगाउँछन् मंगोलले सेतो र आर्यले रातो टीका ?

किन लगाउँछन् मंगोलले सेतो र आर्यले रातो टीका ?

दशैंमा लगाइने टीका फरक फरक हुन्छ। अहिले पनि खसआर्यले रातो टीका निधारभरी लगाउँछन् भने मगर, गुरुङ, राई, लिम्बू, तामाङ, नेवारलगायत जनजातिले सेतो टीका लगाउँछन्। नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति संस्कृतिविद् डा जगमान गुरुङ भने अहिले आएर रातो र सेतो भनेर विवाद गर्नु बेकारको विषय भएको बताउँछन्।

पहिलेपहिले सबैले दही र चामल मुछेर सेतै टीका लगाउने चलन रहेको डा. गुरुङको भनाइ छ। ‘पहिले कहाँ पाउनु अबीर, उत्पाद नै हुँदैनथ्यो। सबैले सेतै टीका लगाउने हो,’ डा. गुरुङले डिसी नेपालसँग भने, ‘रातो टीका लगाउन थालिसकेका जनजाति पनि आफ्नो पहिचान भन्दै सेतोमै फर्केका छन्। वास्तवमा, जनजाति मात्र होइन, खसआर्यले लगाउने भनेको पनि सेतै टीका हो।’

पछि बजार र यातायातको सुविधा भएपछि अबीरको प्रयोग हुन थालेको उनको भनाइ छ। पहिले नेवारले मात्रै रातो टीका लगाउने उनको भनाइ छ। अबिर बेच्ने ब्यापारी नेवारले मात्र रातो टीका लगाउने गरेको गुरुङ बताउँछन्। 

खेतबारीबाट काम मुक्त भएर हातहतियार सफा गर्ने, साँध लगाउने, पूजा गरेर दशमीको दिन हातहतियार अभिषेक गरेपछि निधारमा दहीमा मुछेको चामलको टीका लगाए हर्षबढाइँ गर्दै युद्धको अभ्यासमा निक्लने चलन थियो, दशैं युद्ध परम्परासँग जोडिएको पर्व हो।’ दशैंमा पुजिने दुर्गा एक शक्तिको प्रतीक भएको हाे।

अहिले आएर दशैंको टीकासम्बन्धी अपव्याख्या भएको गुरुङले बताए। रातो हाम्रो होइन, हाम्रो टीका त सेतो हो भन्नु जनजातिले गरेको अपव्याख्या भएको उनको तर्क छ। गुरुङ, मगर, राई, लिम्बू, तामाङहरुले हाम्रो रातो होइन भन्नुभन्दा पहिले आफ्नो चलन हेर्नुपर्ने उनको भनाइ छ।

अक्षतामा मुछिने अबीर नेपालको आफ्नो उत्पादन नभएकाले रातो टीका यहाँको मौलिक परम्परा हुनै नसक्ने उनको तर्क छ। बाहुन क्षेत्रीले पनि रातो टीका लगाउन थालेको धेरै वर्ष नभएको गुरुङले बताए। बिस्तारै बजारको पहुँच र भारतीयको प्रभावले विजयको प्रतीकको रुपमा रातो सबैले रातो टीका लगाउने प्रचलन बढेको गुरुङको भनाइ छ। दशैं कुनै जात विशेषको पर्व नभएर सबै जातको सांस्कृतिक पर्व भएको उनको भनाइ छ।

गुरुङ दशैंलाई ‘लडाइँसँग जोडिएको संस्कृति’ मान्छन्। जसले रगतमा मुछेको टीका लगाउँछ उसैले रातो त हाम्रो होइन भन्न नमिल्ने उनको तर्क छ।

बली दिँदा थानको ढुंगामा पर्सिने चलन छ,’ गुरुङले भने, ‘बली दिएको टाउकोको रगत थाल वा टपरीमा राखेको अक्षतामा मुछेर टीका लगाउने हो।’ यो चलन नेवारहरुले सुरु गरेका हुन्।

बाहुन त काटमार नै नगर्ने जात भएको गुरुङको भनाइ छ। ‘बाहुन काटमार गर्ने जातै होइन। क्षेत्री, गुरुङ, मगर, राई, लिम्बूहरु लडाकु जाति हुन्। उनीहरुले दुश्मनको छातीमा घुँडाले टेकेर, कम्मरको कर्दले काटेर रगतको टीका लगाउने जात हो,’ डा. गुरुङले भने। त्यसैले उनीहरुले रातो टीका हाम्रो होइन भन्नु भनेको संस्कृतिको अपव्याख्या भएको गुरुङको निश्कर्ष छ।

किन लगाइन्छ त दशैंमा टीका?

टीकाकोे महत्व समृद्धि, शक्ति र युद्धसँग जोडिएको संस्कृतिविद् डाक्टर जगमान गुरुङ बताउँछन्। ‘क्षत भनेको नाश हो, अक्षत भनेको नाश नहुने, यही नाश नहुने अन्नका रूपमा चामललाई अक्षता भनेर टीका लगाउन थालिएको हो।’

अक्षता धानको चामलको हुन्छ। संस्कृतमा धन्य र नेपाली भनिने धान अन्नमध्येको उच्चकोटीको अन्नको रुपमा मानिने गुरुङको भनाइ छ। चामलको भात भोजन गर्नुभन्दा पहिले निधारमा लगाउने चलन सुरु भएको गुरुङको तर्क छ। दशैँ खेतबारीको कामबाट विश्राम लिएर किसानहरुले हातहतियार सफाइ गर्ने र धार लगाएर राख्ने चलन छ। अझै पनि नवरात्रीमा हातहतियार पूजा गर्ने चलन छ।

‘खेतबारीबाट काम मुक्त भएर हातहतियार सफा गर्ने, साँध लगाउने, पूजा गरेर दशमीको दिन हातहतियार अभिषेक गरेपछि निधारमा दहीमा मुछेको चामलको टीका लगाए हर्षबढाइँ गर्दै युद्धको अभ्यासमा निक्लने चलन थियो,’ डा. गुरुङ भन्छन्, ‘दशैं युद्ध परम्परासँग जोडिएको पर्व हो।’ दशैंमा पुजिने दुर्गा एक शक्तिको प्रतीक भएको गुरुङ बताउँछन्।

प्रतिक्रिया