Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, २५ बैशाख २०८१

धर्मेन्द्र झा

धर्मेन्द्र झा

धर्मेन्द्र झा

अस्वीकारको गोलचक्करमा दलहरूको बदनियत

कन्टिर–बाबू आज अङ्क–गणितको कुरा गर्दैनन् । वैशाख २७ गते संसदभित्र भएको निर्वाचन परिणामअनुसार नेपाली सत्ता राजनीतिको अङ्क–गणितीय हिसाबमा को कति पानीमा रहेछ भन्ने सब छर्लङ्ङ भइ नै सकेको छ । अब संसदीय बिज–गणित र ज्यामितिको योगफल तथा परिणाममात्र थाहा पाउन बाँकी छ । त्यसैले कन्टिर–बाबू पनि यस बेला अरू नेपालीजस्तै पर्ख र हेरको स्थितिमा छन् ।

Read more

मागेरै रहर पूरा गर्ने सटकदम सीतारामहरू !

अच्छा कन्टिर–बाबूको एक प्रश्नको तपाईहरू उत्तर दिनुस् पहिले ! ल, भन्नुस्, राज्य र सरकार किन आवश्यक छ ? तपाईको उत्तर हुन सक्छ, जनताको सर्वोत्तम हितका लागि । एकदम ठीक भन्नुभयो ।

Read more

काेरोना कहरमा पत्रकार र अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारको प्रहार

नेपालमा प्रेसको स्वतन्त्रता हरण गर्न सकिने संवैधानिक र कानुनी स्पष्ट अवस्था छैन । तर वर्तमान अवस्थाको विश्लेषण गर्ने हो भने यस सम्भावनालाई अस्वीकार गर्न सकिने अवस्था पनि छैन ।

Read more

शुद्ध श्रमजीवीहरूलाई शुद्ध कमलजीवीको शुभकामना !

कन्टिर–बाबू आजको दिन राष्ट्रिय–अन्तर्राष्ट्रिय सबैखाले मजदुरहरूसँग खुसीयाली साट्न चाहन्छन् । शुभकामना दिन्छन् । सँगसँगै उनी आज बिहानैदेखि बडो चिन्तामग्न पनि छन् ।

Read more

भीमसेन स्तम्भ भर्सेस ओली टावर

कन्टिर–बाबू अहिले जुन सहरमा बस्छन्, त्यहाँ हिजो आज धरहराको बडो चर्चा छ । २०७२ को भूकम्पभन्दा पहिला पनि धरहरा थियो । भूकम्पमा गर्ल्याम–गुर्लुम भत्कियो । अहिले यही नाममा कङ्क्रिटको अर्को, पहिलेभन्दा अग्लो संरचना ठड्याइएको छ । तर आम जनतालाई के मतलब ? कोरोनाकालमा बेल पाक्यो कागलाई के स्वाद ! कन्टिर–बाबू हिजो पनि धरहरा उक्लिएका थिएनन्, उनले आज या भोलि यो टावर उक्लिने कुनै योजना पनि बनाएका छैनन् ।

Read more

लोकतन्त्रको गरिमा ओझेल पार्नेलाई पनि शुभकामना !

सम्पूर्ण देशवासी वैशाख ११ गते, १५औँ लोकतन्त्र दिवसको शुभकामना आदान–प्रदान गर्ने मुडमा छन् । स्वाभाविक रूपले कन्टिर–बाबू पनि अपवाद हुन सक्दैनन् ।

Read more

स्याडिस्ट राजनीतिबीच बोलीमा अडिने नायकको सम्झना

बाबू कोही बोल्नेबालाको मुखमा बुजो लगाउन सक्दैनन् । त्यस्तो प्रयास गर्नु पनि किन ? अरे भाइ सबै आफ्ना मनका मर्जीबाला छन्– मनमौजी । सबलाई निर्बाध बोल्न दिइनुपर्छ भन्ने कुरामा कन्टिर–बाबू सहमत छन् । हिजोआज यस्तै मनमौजीहरूले भनेको सुनिन्छ– नेपाली समाज स्याडिस्ट अर्थात् परपीडक छ ।

Read more

रापको विवादास्पद भूमिकामा थप आशङ्का

राप अर्थात् राष्ट्रपतिका सम्बन्धमा सामान्यतया कुनै प्रतिक्रियालाई उचित मानिँदैन । अझ नकारात्मक प्रतिक्रियालाई त एक किसिमले वर्जित नै मानिन्छ । देशको सर्वोच्च संस्थाप्रतिको आदर–सम्मानका दृष्टिले यसो भनिएको होला ।

Read more

नाम सामुदायिक, काम गैरलोकतान्त्रिक

विकासशील र कम विकसित देशमा राज्य सञ्चालनका आफ्नै समस्या र बाध्यता हुन्छ भन्थे, कन्टिर–बाबूलाई पनि हो लाग्न थालेको छ । शायद यसै सेरोफेरोमा एउटा सेटिङ राज्यको अस्तित्व स्वीकार गरिन्छ ।

Read more

मेलम्चीको जस लिने कृतघ्न पुर्परो

कन्टिर–बाबू साहित्यप्रति सामान्य रुचि राख्छन् । कहिलेकाहीँ यसो गीत, कविता, कथा, गजल आदि पनि लेख्न खोज्छन् । यसै सन्दर्भमा आज उनलाई कविताको केही हरफ फुरेको छ -

Read more

कोखामा हतियार, मुखमा शान्ति !

हिजो साँझ कन्टिर–बाबू गाउँ चहार्दै थिए, माथ्लो टोलमा ढ्याङ्ग्रो बजिरहेको सुने । त्यसरी ढ्याङ्ग्रो नै ठोक्नुपर्ने के सन्दर्भ परेछ त ? भन्ने कुतूहल बोकेर नजिकै जाँदा कन्टिर–बाबूले देखे त्यहाँ एक जना घुँघुरे धामी र धुपौरे निकै ताहुरमाहुर गर्दै रहेछन् ।

Read more

सडकको धुलोमा संवेदनशील सवाल

कन्टिर–बाबू बिहानैदेखि फतफताउँदै थिए, फेरि त्यही रामाखटोला … फेरि दिनभरि त्यही पाउडर । कति भन्नु, कति लेख्नु ? बेइमानहरूको कानमा जुम्रा घिस्रिए पो !

Read more

अति संवेदनशील विषयमा हल्का–फुल्का टिप्पणी

हाम्रा ओल्बाले कुरा कति जानेका के ! उनका कुरा सुनेर कन्टिर–बाबू हिजोदेखि नै दङ्गदास छन् । कहिले विगतमा अदालतलाई प्रभावित गर्न खोजेजस्तै संसद् र सांसदलाई प्रभावित गर्न खोज्छन् । कहिले संसद् पुनःस्थापना भए आन्दोलन गर्ने भन्छन् । कहिले अविश्वास प्रस्ताव पारित भए आफूले दुई तिहाइले जितेर सरकार बनाउने भन्छन् ।

Read more

कोरोना प्रोटोकलमा अनिवार्य सफ्ट करप्सन !

कन्टिर–बाबू कोरोनाको सन्त्रास अझै कम भइनसकेकोमा सहमत छन्, त्यसैले कोभिड प्रोटोकल इमानदारीपूर्वक लागू हुनुपर्ने पक्षमा छन् । तर जब संस्थागत रूपमै प्रोटोकलको उल्लङ्घन हुन्छ भने त्यसलाई कसरी उचित मान्न सकिन्छ ?

Read more

भगवानले कुनै अन्हेर नगरुन् !

कन्टिर–बाबूको भ्रमण यस पटक सुदूरपश्चिमतर्फ केन्द्रित थियो । यसै क्रममा उनी बैतडी पुगेका थिए । यहाँ पुगिसकेपछि भागिरथी भट्टको बलात्कारपछि हत्या भएको चर्चित घटना सन्दर्भले कन्टिर–बाबूलाई नतान्ने कुरै भएन ।

Read more

जहाँ छ त्यहीँ ठिक, कमनिस्टको वर्गशत्रु

कन्टिर–बाबूलाई हालका दिनहरूमा केही अपवादबाहेक काङ्ग्रेस बडो परिपक्वजस्तो लाग्न थालेको छ । हुन पनि ऊसँग मुलुकको जेठो पार्टी हुनुको नातामात्र होइन, तीन–तीनवटा ठुला क्रान्तिको नेतृत्व गरेको लिगेसी जो छ !

Read more
Page 2 of 2