Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १५ बैशाख २०८१

धर्मेन्द्र झा

धर्मेन्द्र झा

धर्मेन्द्र झा

स्वस्तिकाको उदाहरण बनोस् काङ्ग्रेस सप्रिने जोडन

नेपाली काङ्ग्रेसको जारी महाधिवेशन प्रक्रियामा देखिएका नवीन–नवीन दृश्य हेर्दै कन्टिर–बाबू रमाइलो मान्दै थिए । तर पछिल्लो समय सर्वाधिक प्रचारित एउटा भाइरल प्रसङ्गबारे सोच्दा–सोच्दै कन्टिर–बाबू गम्भीर बनेका छन् ।

Read more

मातृभाषा नबोल्ने विद्वानको गवाँर विद्वता

कन्टिर–बाबूका दुःख पनि अनेक छन् । यिनले भाँति–भाँतिका मानिस भेट्नुपर्छ । भेट्नुमात्र पर्दैन यस्ता भाँति–भाँति मनुवाका भाँति–भाँति गन्थनको साक्षी पनि भइदिनु पर्छ । सुन्न पट्यार लागे पनि तिनका सन्तोषका लागि सुनिदिनु पर्छ ।

Read more

धान खाने मुसो, खप्की खाने भ्यागुतो !

कन्टिर–बाबू थाहा पाउँदादेखि नै कवि शिरोमणि लेखनाथ पौड्यालका पक्का फ्यान हुन् । उनलाई कवि शिरोमणिका धेरै कवितामध्ये दुई पङ्क्ति बारबार सम्झना भइरहन्छ ।

Read more

राजनीति र कोरोनापछि ट्रेन्डिङमा भुँडी प्रदर्शन !

कन्टिर–बाबू आफूलाई पुरानो जमानाको मान्न तयार छैनन् । तर विडम्बना ! उनी नयाँ भनिएको जमानासँग तालमा ताल मिलाएर हिँड्न त खोज्छन् तर हुन सकिरहेका छैनन् ।

Read more

‘घाइते बाघ’, ‘सतिसाल’ र १२ बुँदेको पृष्ठभूमिमा वर्तमानको लेखाजोखा

अपेक्षा गरिएअनुरूप नै अन्ततः नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले ठूलो मतान्तरले विश्वासको मत प्राप्त गरेका छन् । संविधानको धारा ७६ को ५ अनुसार गठित देउवा सरकारले एक सय ६५ सांसदको विश्वास प्राप्त गरेको छ भने ८३ जना सांसदले देउवामाथि विश्वास गरेनन् । एकजनाले भने स्वयंलाई कतै पनि प्रस्तुत् नगरी तटस्थता प्रदर्शन गरे ।

Read more

बालुवाटारे रमिता, आलोपालो आशङ्का

कन्टिर–बाबूलाई उनका धेरै शुभचिन्तकले सोधिरहेका छन् सत्तामा नजाउन्जेलसम्म् मात्र त हो नि, नत्र ‘देउबा’ र ‘ओलीबा’मा के अन्तर छ ? वास्तवमा कन्टिर–बाबू यो प्रश्नको जवाफ दिन सकिरहेका छैनन् ।

Read more

एकदिन भानु नेपाल लोक पुगिगया !

कन्टिर–बाबू भन्छन्– नेपालीले वर्षमा एकदिन सम्झिनेमध्ये एक श्रद्धेय हुन्, नेपाली भाषाका आदिकवि भानुभक्त । र, भानुलाई सम्झने त्यो दिन हो असार २९ ।

Read more

चुनौतीका चाङमाथि देउवाकाे 'प्रधानमन्त्री पद'

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक देशको प्रधानमन्त्री बनेका छन् । देउवा सम्भवतः नेपालको सबैभन्दा बढीपटक प्रधानमन्त्री बन्ने व्यक्ति हुन् । सर्वोच्च अदालतको सोमबारको परमादेशपछि देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्न सम्भव भएको हो । अदालतको यसै आदेशपछि करिब दुई–तिहाइको बहुमतप्राप्त सरकारको नेतृत्व गरिरहेका नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद ओलीको सत्ता बहिगर्मन पनि निश्चित भएको हो ।

Read more

सूर्योदयमा विद्यापति, उज्यालो छरियोस् देशैभरी

देश र समाजलाई जोड्ने र तोड्ने सम्बन्धमा शास्त्रीय रूपमा संयोजक (कनेक्टर) र विभाजक (डिभाइडर)को भूमिका निकै महत्त्वपूर्ण हुने कुरा कन्टिर–बाबूले बडो राम्ररी बुझेका छन् । तर कुनबेला कुन कुराले संयोजक र कुन कुराले विभाजकको भूमिका निर्वाह गर्छ भन्ने कुराचाहिँ अवस्था र परिवेशमा भर पर्ने कन्टिर–बाबूको ठहर छ ।

Read more

डढेलो लगाउने प्रवृत्तिलाई कारबाही हुने अपेक्षा

कन्टिर–बाबू कहिलेकाहीँ सोच्छन्– आखिर यो देश चलाउँछ कसले ? सायद यहाँ सत्ताभित्रका हरूको भन्दा बाहिरका हरूको हालीमुहाली बढी छ ।

Read more

पोखरीको सौन्दर्यसामु कोरोना महामारी ओझेल

तराई–मधेसमा एक लोकोक्ति बडो प्रचलित छ– जाने मधेसिया तोरे इमान ! जब कुनै व्यक्तिमाथि संशय हुँदाहुँदै पनि विश्वास गर्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना हुन्छ भने प्रायः यो लोकोक्तिको प्रयोग गर्ने गरिन्छ ।

Read more

चुरे–भावर मास्दै, बजेट र कमिसनमा हाँस्दै

कन्टिर–बाबू बजेट घोषणा भएको दिनदेखि बडो छक्क परिरहेका छन् । अरे लोकप्रिय बन्ने नाममा, कार्यकर्ता पाल्ने नाममा, सत्तामा बसेर चुनाव जित्ने नाममा जे पनि गर्ने ? मिल्छ यसो गर्न ? चुरे–भावर क्षेत्रको सुरक्षा र संरक्षण गरिनुपर्छ भन्ने विगत वर्षहरूदेखि कुरा उठ््दै आएको हो तर यस दिशामा पछिल्ला कुनै पनि सरकारले कुनै ठोस कार्य गर्न नसकेको विडम्बनापूर्ण परिस्थिति कन्टिर–बाबूले देखी–भोगी आएका छन् ।

Read more

कामका न काजका, दुस्मन अनाजका !

‘म खाऊँ मै लाऊँ सुख–सयल वा मोज म गरुँ, म बाँचू, मै नाचूँ, अरू सब मरुन् दुर्बलहरू । भनी दाह्रा घस्ने अबुझ सठदेखि छक परी चिता खित्का छोडी अभयसित हाँस्यो मरिमरी ।’

Read more

पहिले प्रयोग गर्थे, अहिले प्रयोग हुन्छन् !

रोपे पेड बबुरका आम कहाँ से पाए ? मधेसमा निकै लोकप्रिय यो लोकोक्ति कन्टिर–बाबू पनि बेलाबखत सम्झिन्छन् । यसको सामान्य अर्थ हुन्छ– रूख भने बबुर (काँडायुक्त पोथ्रा)को रोप्ने अनि फलचाहिँ आँप फलोस् भनी अपेक्षा गर्ने । यस्तो कसरी सम्भव हुन्छ ? कुरो क्लियर छ, जेको फल खाने इच्छा छ, बिरुवा त्यसकै रोप्नुपर्छ ।

Read more

राज्य र समाजको गालामा गतिलो झापड

हास्य–व्यङ्ग्यका क्षेत्रमा आफ्नो भविष्य अर्थात् क्यारियरका लागि सङ्घर्ष गरिरहेका प्रदेश २ बाराका आदर्श यतिखेर पिता विनोदको असामयिक देहावसानका कारण शोक र पीडा बेहोर्न बाध्य छन् । कन्टिर–बाबू अमर आत्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक–सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्छन् ।

Read more

ओलीको ‘प्रतिशोधपूर्ण’ राजनीति

नेपालको पछिल्लो राजनीतिक गतिविधिको सूक्ष्म विश्लेषण गर्ने हो भने प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिशोधको राजनीति गरिरहेका छन् भन्न सकिन्छ । यसो भन्न सकिने पर्याप्त आधार छन् पनि । उनको प्रतिशोध वैचारिकरूपमा फरक प्रतिपक्षीभन्दा आफ्नैजस्तो विचारवाहक ‘सगोत्री’अर्थात् कम्युनिष्ट विचारधाराका दल र व्यक्तिहरूसँग हो भनेर भनियो भने फरक पर्दैन । तर, दुखका साथ भन्नुपर्छ उनको प्रतिशोधपूर्ण राजनीतिक व्यवहारको प्रभाव उनका खास ‘लक्ष्य’सम्ममात्र सीमित नरही सम्पूर्ण देश र जनतामाथि पर्ने निश्चित छ ।

Read more

ओलीटिक्सका बारेमा लेख्दिनँ भन्दा–भन्दै …!

खासमा कन्टिर–बाबूलाई आज केही लेख्ने कुनै मुड नै चलेको छैन । घुमिफिरी त्यही पोलिटिक्स अर्थात् राजनीति अनि त्यही ओलीटिक्स अर्थात् ओल्बा–कृत्यका बारेमा कति लेख्नु ?

Read more

न विधि न व्यवस्था, न नीति न नैतिकता

कहीँ नभएको जात्रा त्यो गाउँमा भनेको सुनेर कन्टिर–बाबूले एक जना बुजुर्गलाई सोधे– त्यो भनेको के हो बा ? बुजुर्गले भने– त्यो गाउँमा जस्तो जात्रा हुन्छ, त्यस्तो जात्रा संसारमा अन्त कतै पनि हुँदैन भन्थे पुर्खाले, त्यही उखान सम्झेको नि !

Read more

बाँच्नेलाई पनि समस्या, मर्नेलाई पनि समस्या !

हिन्दी भाषामा एक उखान छ– आसमान से गिरा, खजुर पे अटका । नेपाली भाषामा यसको सामान्य अनुवाद हुन्छ– आकाशबाट झरेर खजुरको बोटमा अडकिनु । यसको भावार्थ हुन्छ– एउटा समस्याबाट पार पाउन सकिएको छैन, अर्काे समस्या खडा भइसकेको हुन्छ ।

Read more

अभिव्यक्ति स्वतन्त्रताविरोधी कुकृत्य नआओस् नेपालमा

महान् पाठक–पाठिका सबैलाई थाहा होला कन्टिर–बाबू प्रेस, सूचना, विचार तथा अभिव्यक्ति स्वतन्त्रताका कुन हदसम्मका पक्षपाती हुन् । नेपालमात्रै होइन विश्वकै कुनै पनि ठाउँमा स्वतन्त्रतामाथि आघात पुग्छ भने कन्टिर–बाबू त्यसलाई आफ्नो सरोकारको विषय ठान्छन् । भारतको सन्दर्भप्रति त कन्टिर–बाबू अझै बढी संवेदनशील हुन्छन् । कारण, नेपालले बढी देखासिकी गर्ने भनेकै भारतीय समाजको हो ।

Read more

सत्य–निष्ठा, प्रतिज्ञा मन नपर्नेसामु विवश भाइरल हाँसो !

हिँ हिँ हिँ कन्टिर–बाबू नेपाली राजनीति र नेताहरूको ताल देखेर बेला–बेलामा हास्न त हित्का छोडेरै हाँस्थे । तर यो हिँ हिँ हिँ यति चाँडै भाइरल होला भन्ने थिएन । तर कन्टिर–बाबू सुरुमा यो हाँसोको होइन, त्यसको कारकबारे बारे केही टिप्पणी गर्ने प्रयत्नमा छन् ।

Read more

भित्री तागतको खेलोमेलो, जहीँको त्यहीँ कुरो

नेपाल देशको राजनीतिक जीवनमा आजको दिन बडा महत्त्वपूर्ण छ । विपक्षीले सांसदको धार्नी पु¥याउन सक्ने हुन् कि होइनन् ? पुगे त ओल्बा कुर्सीबाट ओर्लने सम्भावना बढ्छ, होइन नेपाली जनताको घाँटीमा अड्केको खिचखिच यथावतै रहनेछ । यस्तो बेला हिन्दीको एउटा उखान सम्झन्छन् कन्टिर–बाबू– ढाक के तीन पात ! तर यो त पुरानै कुरा हो । सत्ताको बिजगणित विश्लेषणका सन्दर्भमा कन्टिर–बाबूलाई नयाँ–नयाँ उखान–टुक्का फुर्दै छ, आज बिहानैदेखि ।

Read more

बोलुँ भने मुख लागे जस्तो, नबोलुँ भने चुप लागे जस्तो

जतिसुकै तर्क–वितर्क गरे पनि सरकारको क्षमता मूल्याङ्कन कठिन समयमै हुने हो । सहजतामा त देश आफैँ चलिहाल्छ नि ! यो भनाइसँग कन्टिर–बाबू पूर्णतः सहमत छन् । वास्तवमा अप्ठेरोमा नै हो व्यक्तिलाई सहयोग र भरथेग चाहिने हो, सजिलो अवस्थामा त जनता आफैँ काबिल छँदै छन् नि !

Read more
Page 1 of 2