सुदूरपश्चिम सरकारको चमत्कार: परीक्षणको दायरा बढाउनुपर्ने बेला प्रयोगशाला बन्द !
धनगढीः गत चैत १५ गते बसेको सुदूरपश्चिम सरकारको मन्त्रीपरिषद् बैठकले धनगढी सहित डोटी र बैतडीमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। निर्णय गरेको झण्डै साढे चार महिनापछि प्रदेशको अस्थायी मुकाम धनगढीमा सेती प्रादेशिक अस्पताल मातहत रहनेगरी प्रदेश सरकारले प्रयोगशाला स्थापना गर्यो।