कंचनपुरमा जताततै सलहको झुन्ड
कंचनपुरमा पनि सलह भित्रिएको छ । जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासबाट सलह महेन्द्रनगर भित्रिएको हो । पुनर्वास नगरपालिका देखिएको सलह शुक्रबार कृष्णपुर नगरपालिका,शुक्लाफाँटा नगरपालिका, बेदकोट नगरपालिका हुँदै भिमदत्त नगरपालिकामा भित्रीएको छ। भिमदत्त नगरपालिका सुन्दरपुर, उल्टाखाम लगायत अन्य ठाउँहारुमा सलह प्रवेश गरिसकेको छ ।