महामारीमा भीम रावलसहित अछामका ११ सांसद हराए, सामाजिक संजालमा चर्को आलोचना
आफ्नो फेसबुक वालमा पत्रकार मेनुका ढुंगाना लेख्छिन्, कठै मेरो जिल्ला ! उपप्रधानमन्त्री , गृहमन्त्री , रक्षामन्त्री र दर्जनौं सांसदहरू पायो । तर, एउटा भेन्टिलेटर संचालन गर्ने जनशक्ति पाएन ।' ढुंगानाको यो स्ट्याटसमा प्रतिक्रिया दिने सबैले अछामबाट निर्वाचित सांसदहरूको आलोचना गरेका छन्।