ब्ल्याक एन्जल्सका युवाहरुले निर्माण गरिदिए विपन्नको घर
ब्ल्याक एन्जल्स युवा क्लब साँफेबगरका युवाहरु सामाजिक काममा सक्रिय बनेका छन् । जिल्ला स्तरीय खेलकुद, साँस्कृतिक तथा जनचेतनामुलक कार्यक्रम, स्वास्थ्य रक्तदान कार्यक्रम, बजार सरसफाई र फोहोरमैला व्यवस्थापनमा सक्रिय युवाहरुले साँफेबगरकै एक विपन्न परिवारको घर बनाइ दिएका हुन् ।