तुर्माखाँदकी गर्भवती महिला लाई हेलिकप्टरमार्फत सुर्खेत पठाइयो , लकडाउन यता ३ जना महिलाको उद्वार
तुर्माखाँद गाउँपालिका ४ कि १८ बर्षिया गर्भवतीको नेपाली सेनाको हेलिकप्टरद्वार उद्वार गरिएको छ । १८ बर्षिया मनिषा ओखेडाको आज बिहीबार तुर्माखाँदबाट सुर्खेत रिफर गरिएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिनुभयो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट खर्च व्यहाेर्ने गरी एकजना गर्भवती महिलाको अछाम तुर्माखाँदबाट उपचारको लागि पठाइएको उहाँले बताउनुभयो ।