आज दिनभर
शुक्रबार ललितपुरको बालकुमारीमा प्रदर्शनका क्रममा भएको झडपमा परी दुई जनाको मृत्यु भएको सम्बन्धनमा पूर्वन्यायाधीशको नेतृत्वमा जाँचबुझ आयोग गठन हुने भएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त घटनाको जाँचबुझका लागि पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय आयोग गठन गर्ने प्रस्ताव ल्याउन उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निर्देशन दिएका छन् ।