Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ०३ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै

यि  हुन  दशैँमा  टीका लगाउँदा आशीर्वाद  दिँदा भनिने श्लोकका विशेषता

यि हुन दशैँमा टीका लगाउँदा आशीर्वाद दिँदा भनिने श्लोकका विशेषता

दशैँको विशेषतामा टीका र जमरासँगै मान्यजनले दिने आशीर्वाद पनि पर्छ। बोलीचालीको भाषामा बाहेक संस्कृतमा लेखिएका श्लोक वाचन गरी आशीर्वाद दिने चलन रहेको छ। आयु, आरोग्य, ऐश्वर्य र ज्ञान आदि लौकिक जीवनमा अत्यावश्यक विषयलाई आशीर्वादले समेट्छ। त्यसका लागि विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरूको जस्तै गुण होओस् भन्ने कामना गरिन्छ। परापूर्वकालदेखि धार्मिक कार्यमा देवभाषा पनि भनिने संस्कृत भाषाको प्रयोग भएकाले दशैँमा आशीर्वाद दिँदा पनि त्यसैले निरन्तरता पाएको विद्वान्‌हरूको धारणा रहेको छ। महिला र पुरुषलाई भिन्नभिन्न श्लोक प्रयोग गर्ने गरिएको छ। केही आशीर्वचनहरू दुवैलाई दिइन्छ।

‘बेचिनबाट धेरै पटक जोगिएर फर्केँ ’

‘बेचिनबाट धेरै पटक जोगिएर फर्केँ ’

दायाँ आखाँमा गहिरो चोट , शरिरमा टाढैबाट हेर्दा पनि हड्डी र  निकै दुब्लो देखिने , मलिन अनुहार , ठूलो स्वरले बोल्न नसक्ने , कान कम सुन्ने ४४ वर्षीया हिरा अधिकार मदिरा सेवन गर्ने श्रीमान्बाट पटकपटक कुटिएकी , गम्भिर घाइते भएकी र भारतमा धेरै पटक उनै श्रीमान्ले बेच्न खोज्दा ठक्कर खाएर अछाम पुगेकी महिला हुन् । जिल्ला प्रशासन कार्यालयकै छेउको सानो झुपडीमा दुइ साता यता  देखीने केटाकेटीको ठूलो जमात उनैका छोराछोरीको हो ।  श्रीमान्ले अलपत्र पारेपछि सात वर्षको अवधिमा भारतमै जन्मिएका पा“च जना छोराछोरीलाई  कोहलपुरमा पन्ध्र दिन क्वारेन्टाइनमा बसेर हिरा गतसाता मात्रै अछामकी पुगिन् । तर, असामान्य अवस्थामा ।  २२ वर्ष अघि उनको घोडासैनका कृष्ण अधिकारीसग बिवाह भएको थियो । गाउँमा घरजग्गा , धनसम्पत्ति भएको मान्छे देखेपछि हिराका आमाबुवाले कृष्णसग बिवाह गरिदिए । बिहे गरेको केहिसमयसम्म परिवारको अवस्था राम्रो थियो । गाउँमा कसैलाई अप्ठ्यारो पर्दा कृष्णको परिवारबाट सहयोग लिने पनि धेरै थिए । जब बिहेपछि कृष्ण घर छोडर कामको लागि भारत गए । उतै साथीभाइको लहैलहैमा लागेर मदिरा सेवन गर्न थाले । ‘गाउँमा हदासम्म कसैसंग चर्को स्वरले नबोल्ने मान्छे उता गएर जाडरक्सी खान थालेको छ भनेर एक्कासी खबर आयो’ हिराले भनिन् ,‘त्यसपछि कहिले चोरेको घटना , कहिले कुटपिटका घटना भए भन्दै घरमा खबर आइरहे । त्यसैबेला देखि मेरा दुःखका दिन सुरु भए ।’ कृष्ण घर आएपछि पनि रक्सी खान श्रीमतीलाई कुट्ने , आमालाई कुट्पिट गर्न थाले । त्यो देखेर गाउ“ले समेत अचम्म परेका थिए । ‘घोडासैनमा धनसम्पत्ति भएको धनाड्य परिवारका मान्छे थिए  । मदिरा खानाले अहिले कृष्णको परिवारको सडकको बास भयो’ घोडासैनका बासुदेव जैसीले भने ,‘ ७÷८ वर्षको अवधिमा त्यत्रो सम्पत्ती घरजग्गा सबै बेचेर रक्सी खाएको देख्दा हामी पनि अचम्म परेका छौं । अहिले कृष्णको परिवारलाई गाउँमा ओत लाग्ने ठाउ“ छैन ।’