Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ बैशाख २०८१

नेपालमा राजसंस्था पुनर्वाहाली : राजसंस्थाका पक्षपातीको भर: सडक, संसद्, ‘सम्राट’ कि सेना

नेपालमा राजसंस्था पुनर्वाहाली : राजसंस्थाका पक्षपातीको भर: सडक, संसद्, ‘सम्राट’ कि सेना

प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा प्रमुख दलहरू सरकारप्रति चरम असन्तुष्ट सुनिए पनि गणतन्त्रप्रति प्रतिबद्ध देखिए। तर देशका विभिन्न स्थानमा सडकमा लगातार भइरहेका प्रदर्शनका अगुवाहरू हौँसिएका छन्। उनीहरूले उक्त बैठकलाई सडकले सृजना गरेको दबावको रूपमा लिएका छन्। उनीहरू गणतन्त्रवादीको चौतर्फी बर्चस्वबीच यही परिस्थितिमा राजसंस्था पुनर्स्थापना कसरी सम्भव देख्छन्? राजसंस्था र हिन्दू राष्ट्रको पक्ष अनि सङ्घीयताको विपक्षमा भइरहेका प्रदर्शनको अगुवाइ गरिरहेका फरक-फरक संस्था, दल र सङ्गठनहरूका दृष्टिकोण पनि फरक छन्।