हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
यति खेर बर्ग शत्रुले आफ्ना लुला हातहरु उठाएर बिस्थापित हाम्रा मनहरुलाई, अपनत्वको तुलोमा राखेर, सौदावाजी गर्न मोलतोल गर्दैछन, अब हामी जनताको ढाल बनौ, र बर्ग शत्रुको अचानोमा आगोका फूलहरु संग
सुनसरीको ईटहरीमा निर्माणधिन पाँचतारे होट सञ्चालनमा आउने भएको छ । होटल पूर्ण रुपमा सञ्चालनमा आउदा १ अर्ब ३० करोड लगानी पुग्नेछ । होटल परिसर एक बिघा क्षेत्रफलमा फैलिएको छ। जग्गाको मूल्यांकन पनि शुरुवातमा भन्दा यतिबेला ह्वातै बढेको छ। होटल शुरुवातमा आंशिक मात्र सञ्चालनमा हुनेछ । विस्तारै पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।
नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यकारी समितिको सदस्यमा एकेन्द्र बहादुर कुँवर नियुक्त हुनुभएको छ । साँफेबगर नगर पालिका वडा न ९ बुढाकोट अछाम स्थाई घर भ ई हाल काठमाण्डौं मा बस्नुहुने एकेन्द्र बहादुर कुँवर लाई यही चैत्र ५ गतेबाट नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यकारी समितिको सदस्यमा नियुक्ति, गरिएको युवा तथा खेलकुद मन्त्रालयको खेलकुद पुर्वाधार विकाश शाखाले जनाएको छ ।
सुनसरी जिल्ला धरान सर्दुखोला स्थित वीपी पार्कमा सरकारको ग्रामिण खानेपानी तथा सरसफाई कोष विकाश समितिले आधुनिक सुविधायुक्त सरसफाईको दृष्टिले सुरक्षीत पर्यटकिय शौचालय निर्माण कार्य शुरु गरेको छ । पार्कमा दैनिक सैयकडौ आगन्तुको चाप बढेपछि सरसफाईको हिसाबले सुरक्षीत शौचालन बनाउन जरुरी भएको हुँदा धरान उपमहानगरपालिकाको प्रस्तावमा समितिले निर्माण कार्य शुरु गरेको हो ।
दुर्घटना गराउने पक्षले उपचार खर्च नबेहोरेपछि विराटनगरको एउटा अस्पतालबाट बच्चा लिएर बाबुआमा भागेका छन् । दुर्घटनामा परेर घाइते बनेका तीन वर्षीय बालक कार्तिक सदालाई लिएर बाबु जगदीश र आमा गेनादेवी विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालबाट भागेका हुन् ।
आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ ।
जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती छन् । उनी बिहान बुद्धशान्ति गाउँपालिका– २ मा हात्तीको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेता अशोक कोइरालाको निधनले आफूलाई दुःखी बनाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत नेता कोइरालाको निधनले आफूलाई दुःखी बनाएको बताएका हुन् ।
क्याप्टेन रामेश्वर थापाको प्रकाशनमा प्रकाशित हुँदै आएको राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्ट्का २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले २०७८ साल बैशाख ३ गतेदेखि लागू हुने गरी २०७७ चैत ३ गते सामूहिक राजीनामा दिएका हुन् ।
चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेल ‘रुटिने’ ले नेपाली पब्जी टिम डीआरएस (द रियल सोल्जर) को स्वामित्व खरिद गरेका छन् । क्लबको निश्चित शेयर सहित पौडेल डीआरएसमा जोडिएका हुन् ।
बलिउड अभिनेता आमिर खानले सामाजिक सञ्जाल प्रयोग गर्न छोड्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा कम मात्रामा सक्रिय रहने खानले ट्वीटरमा अन्तिम पोस्ट गर्दै यस्तो जानकारी दिएका हुन् ।
आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको इन्टिग्रेटेड ट्याक्स सिस्टमको सेवा अवरुद्ध हुनसक्ने देखिएको छ । आउँदो शुक्रबार बेलुकी ४ बजेदेखि ७ गते शनिबार बेलुकी ५ बजेसम्म सेवा अवरुद्ध हुनसक्ने विभागले जनाएको हो ।
आधुनिक समयको युद्ध मैदानमा परमाणु, हात हतियार र पाखुराको बल असान्दर्भिक बनिसकेका छन् । सेनाको संख्या र शक्तिमा मात्र युद्ध परिणाम निर्भर हुँदैन । अबको विश्वलाई कसले नेतृत्व गर्छ र को वर्चस्वशाली बन्छ भन्ने कुरा युद्धरत मुलुकको रणनीति, प्रविधि र उसका विविध आयामहरुको सशक्तताले निर्धारण गर्दछ ।
धनगढीको एक होटलमा श्रीमानसँगै सुतेकी महिला मृत अवस्थामा फेला परेकी छन्।
देशभर एक करोड ६२ लाख ४३ हजार एक सय १० मतदाता कायम
तीन दिनदेखि बेपत्ता बैतडीका एक व्यक्ति मृतावस्थामा फेला
बर्दियामा मान्छे खाने बाघलाई समात्यो प्राविधिक टोलीले
नेकपा एमालेका वरिष्ठ नेताद्वय माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेलमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ । बुधबारबाट ललितपुरको सानेमामा शुरु भएको राष्ट्रिय भेलामा ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ शीर्षकको आठ पृष्ठको प्रतिवेदन पेश गरिएको हो ।
नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ ।
झापाकोमेचीनगर नगरपालिका-१२ कालिझोडा गाउँमा गोरु काटिरहेको अवस्थामा ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुनिल बिक, ३० वर्षीय टार्जन आछामी, २१ वर्षीय सुवास दर्जी र सोही नगरपालिका-५ बस्ने २१ वर्षिय महेश सार्की रहेका छन् ।
भारतको दार्जिलिङ घर भएका एक दम्पत्ति सुनसरीको धरानबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका छन् । दार्जिलिङका ३१ वर्षीय विशन घले र उनकी श्रीमती २२ वर्षीया पुन्या तामाङलाई प्रहरीले मङ्गलबार दिउँसो १ बजेतिर पक्राउ गरेको हो । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी विपिन रेग्मीले दुवै जना धरानको भानुचोकस्थित तेह्रथुम होटलको १०६ नम्बर कोठाबाट पक्राउ परेको जानकारी दिए ।
सुनसरीको देवानगञ्जबाट पेट्रालियम पदार्थको खुलेआम तस्करी हुनेगरेको छ । भारतसँग सीमा जोडिएको घुस्की, साहेवगञ्ज र साविकको कप्तानगञ्ज नाकाबाट दैनिक डिजेल र पेट्रोलको तस्करी हुने गरेको छ ।