न्याय माग्न आएकी ‘बलात्कृत’लाई नै जेल ?
कानुन भन्छ‚ ‘प्रभावमा पाररे वा झुक्याएर राखेको शारीरिक सम्बन्ध पनि जबर्जस्ती करणी हो ।’ बिहे गर्छु भनेर किशोरीकै घर र जंगलमा शारीरिक सम्बन्ध राखेपछि अलपत्र छाड्नु झुक्याउनु हो कि होइन ? मुद्दा परेपछि युवकले आर्थिक आश्वासन, सामाजिक दबाब र बिहेको प्रलोभन दिएर युवतीलाई बयान फेर्न लगाएको हुन सक्ने विषयमा अदालत किन संवेदनशील भएन ? फौजदारी कार्यविधि संहिता संशोधन गर्न मंसिर २३ मा संसद्मा दर्ता भएको अध्यादेश माघ २३ मा निष्क्रिय भइसकेको छ, मृत कानुनमा टेकेर न्यायाधीशले किशोरीलाई साढे ३ वर्ष कैद सजाय तोकेका छन् ।