बिना दर्ता, मापदण्ड बिपरित सञ्चालित क्रसर उद्योग बन्द गर्ने सरकारको निर्णय
बिना दर्ता, मापदण्ड बिपरित सञ्चालित क्रसर उद्योग बन्द गर्ने सरकारले निर्णय गरेको छ ।पछिल्लो ३ वर्षयता स्थानीय सरकार सञ्चालनमा आएसँगै नदी र गिट्टी, बालुवाको दोहन झनै बढेपछी उक्त कार्यलाई रोक्न गृह मन्त्रालयले उक्त कदम चालेको हो। सरकारले मापदण्डविपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।