बलात्कारविरुद्ध अभिनेत्री
नेपाली चलचित्र क्षेत्रका सेलिब्रेटीहरू विभिन्न विषयमा सामाजिक सञ्जालमा आफ्नो धारणा राखिरहन्छन्। यसै क्रममा कलाकार तथा अभिनेत्री ऋचा शर्माले प्रधानमन्त्री केपी शर्मालाई सम्बोधन गर्दै मन छुने स्टाटस लेखेकी छन्। उनको अभिव्यक्ति छ, ‘एउटा अभिनेत्रीबाहेक यो देशलाई माया गर्ने चेली, एउटी नारी भएकाले हिजोआज आफैंलाई लाज लाग्न, डर लाग्न थालेको छ। मन आत्तिन थालेको छ।’