Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

साँफेबगरमा आयोजित फुटबल प्रतियोगिताको दोस्रो दिनमा चार खेल सम्पन्न

साँफेबगरमा आयोजित फुटबल प्रतियोगिताको दोस्रो दिनमा चार खेल सम्पन्न

ब्ल्याक एन्जल्स फुटबल क्लब द्वारा आयोजित फुटबल प्रतियोगिता को दोस्रो दिनको पहिलो खेल आज  एन बि वाई सि अत्तरिया र सोसियल युथ क्लब ठाँटी बिच भएको थियो । उत्त खेलमा सोसियल युथ क्लब ठाँटी लाई एन बि वाई सि अत्तरिया ले २-० ले पराजित गरेको थियो भने दोस्रो खेल नवघाट स्पोर्ट्स क्लब र जयगढ एफ सि बिच भएको थियो उक्त्त खेल मा भने नवघाट स्पोर्ट्स क्लब ले जयगढ एफ सि लाई २-० ले पराजित गरेको थियो त्यसैगरी तेस्रो खेल ॐ आल्मोनियम ट्रेड्रस सप्लायर्स र द पन्ध्र बिस वारीयर्स बिच भएको थियो भने उक्त्त खेल मा ॐ आल्मोनियम ट्रेड्रस सप्लायर्स १-० ले विज यि भएको थियो त्यसै गरी आज दोस्रो दिनको चौथो खेल बयालपाटा हस्पिटल र कमलबजार एफ सि बिच भएको र उत्त खेल मा बयालपाटा हस्पिटल ले कमलबजार एफ सि लाई ५-१ ले हराएको  आयोजक टिम ब्ल्याक एन्जल्स का संस्थापक दशरथ कुँवरले जानकारी दिनुभयो ।

ब्ल्याक एन्जल्सद्वारा साँफेबगरमा फुटबल प्रतियोगिता सुरु ,राखेप बोर्ड सदस्य कुवँरले गरे उद्घाटन्

ब्ल्याक एन्जल्सद्वारा साँफेबगरमा फुटबल प्रतियोगिता सुरु ,राखेप बोर्ड सदस्य कुवँरले गरे उद्घाटन्

ब्ल्याक एन्जल्स फुटबल क्लब द्वारा आयोजित दशै तिहार बिषेश फुटबल प्रतियोगिता आजबाट साँफेबगरमा सुरु भएको छ । नेपाल राखेप बोर्ड सदस्य एकेन्द्र कुँवर बाट उद्घाटन गर्नुभएको उक्त्त प्रतियोगिताको पहिलो खेल आयोजक ब्ल्याक एन्जल्स एफ सि र ककडसात एफ सि बिच भएको थियो । उत्त खेलमा ककडसात एफ सि लाई आयोजक ब्ल्याक एन्जल्स एफ सि ले १३-१ ले पराजित गरेको थियो भने दोस्रो खेल रोयल प्रभा एफ सि र बक्तोला एफ सि रिडिकोट बिच भएको थियो उक्त्त खेल मा भने रोयल प्रभा एफ सि ले बक्तोला एफ सि रिडिकोट लाई २-० ले पराजित गरेको आयोजक टिम ब्ल्याक एन्जल्स का संस्थापक दशरथ कुँवरले जानकारी दिनुभयो ।

कांग्रेस द्वारा महाधिवेशन प्रतिनिधि बुढालाई उपचार खर्च स्वरुप १० हजार रुपैयाँ सहयोग

कांग्रेस द्वारा महाधिवेशन प्रतिनिधि बुढालाई उपचार खर्च स्वरुप १० हजार रुपैयाँ सहयोग

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि प्रेमबहादुर बुढाको उपचार खर्च स्वरुप नेपाली कांग्रेस रामारोशनले १० हजार रुपैयाँ सहयोग गरेको छ। लामो समय देखि प्यारालाइसिस रोग बाट ग्रस्त बुढाको स्वास्थ अवस्था बुझ्न नेपाली कांग्रेस रामारोशन उहाँको घरमै गएर स्वास्थ्य लाभको कामना गर्दै सो रकम सहयोग गरेको नेपाली कांग्रेस रामारोशनका सचिव पुर्ण बहादुर विक ले बताउनु भएको छ। युद्ध कालमा देखि नै पाटी संगठन तथा समाजका लागि उहाँले गर्नु भएको योगदानको कांग्रेस रामारोशनले सम्मान गर्दै उहाँ उपचारका लागि सक्दो सहयोग गर्ने वचन बद्दता समेत दिएको छ।