Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ बैशाख २०८१

फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता फेब्रुवरीमा कतारमा हुने

फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता फेब्रुवरीमा कतारमा हुने

कोरोना महामारीको कारण सरेको सन् २०२० को फिफा क्लब विश्वकप फुटबल प्रतियोगिता सन् २०२१ फेब्रुअरीमा हुने भएको छ । क्लब विश्वकप फुटबल प्रतियोगिता २०२१ को फेब्रुवरीमा कतारमा हुने मंगलबार फिफाले जनाएको हो । यो प्रतियोगिता फेब्रुवरी १ देखि ११ सम्म चल्ने छ । विगतका वर्षमा डिसेम्बर महिनामा सम्पन्न हुँदै आएको यो प्रतियोगिता यस पटक विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० का कारण पछाडि सरेको हो । फिफा क्लब विश्वकपको आयोजना गर्न लागेको कतारले २०२२ को फिफा विश्वकप फुटबलको समेत आयोजना गर्दैछ । अघिल्लो सिजनमा फिफा क्लबको उपाधि लिभरपुलले जितेको थियो ।