हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
पार्टीभित्रको आन्तरिक विवादका कारण आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अनुपस्थित भएका एमालेको खनाल–नेपाल समूहका सांसदहरूले राजीनामा दिने तयारी गरेका छन् ।
जतिसुकै तर्क–वितर्क गरे पनि सरकारको क्षमता मूल्याङ्कन कठिन समयमै हुने हो । सहजतामा त देश आफैँ चलिहाल्छ नि ! यो भनाइसँग कन्टिर–बाबू पूर्णतः सहमत छन् । वास्तवमा अप्ठेरोमा नै हो व्यक्तिलाई सहयोग र भरथेग चाहिने हो, सजिलो अवस्थामा त जनता आफैँ काबिल छँदै छन् नि !
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दलको खाका तयार गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी बहुमतको गठबन्धन बन्ने निश्चित भएमा नेपाल समूहका सांसदहरुले राजीनामा दिएर नयाँ दल निर्माण गर्ने खाका समेत तयार गरेका हुन् । त्यसका लागि उनले गठबन्धनमा आफ्नो निश्चित शर्त समेत प्रस्तुत गरेका छन् ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा लिएको विश्वासको मतका क्रममा अनुपस्थित रहुनभएका माधव कुमार नेपाललाई एकालेका कार्यकर्ताले गालीको वर्षा नै चलाएका छन् ।
जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने बताएका छन् ।
कन्टिर–बाबू आज अङ्क–गणितको कुरा गर्दैनन् । वैशाख २७ गते संसदभित्र भएको निर्वाचन परिणामअनुसार नेपाली सत्ता राजनीतिको अङ्क–गणितीय हिसाबमा को कति पानीमा रहेछ भन्ने सब छर्लङ्ङ भइ नै सकेको छ । अब संसदीय बिज–गणित र ज्यामितिको योगफल तथा परिणाममात्र थाहा पाउन बाँकी छ । त्यसैले कन्टिर–बाबू पनि यस बेला अरू नेपालीजस्तै पर्ख र हेरको स्थितिमा छन् ।
संसार कोरोनाले बन्धक नै छ अहिले । २०७७ स्कुल अनलाइन पढाएर नै सकियो । २०७७ फाल्गुन ११ गतेको बिहान साढे ८ बजेतिर अनलाइन कक्षा सुरु भयो । कक्षा सुरु गरेको ४÷५ मिनेट मात्र के थियो माथि छतमा चढ्ने खुड्किलामा एक्कासि गड्याङगुडुङ मुढा पल्टिएझैँ आवाज आयो । ढक्क फुल्यो । आमा बिहानमा प्रायः छतमा गएर बस्नुहुन्थ्यो । कतै आमा ... । विद्यार्थीहरुलाई “वान मिनेट इमेर्जेन्सी“ भनेर झ्यालको पर्दा सारेर हेर्दासम्म बहिनी त्यहाँ पुगिसकेकी रहिछ । नभन्दै आमा लड्नुभएछ । बहिनीले एकछिनअघि मात्रै नास्ता खुवाएर छतमा घाम ताप्न भनेर छतमा छोडेकी के थिई । बहिनीसँगै आमा नि फर्किनुभएछ । बहिनी खुड्किला झर्नु र आमा फर्केर लड्नुसँगै भएछ । हत्तपत्त बाहिर निस्किएँ आमाको बिच निधारमा ठुलो घाउ भएछ । के गरम् के गरम् भो । घरमा बेटाडिन भइरहन्थ्यो, त्यही दिन चाहिँ सकिएको रहेछ । भगवती(मेरी श्रीमती) बेटाडिनलगायत अरु औषधि लिन मेडिकलतिर दौडिन् । बहिनीले आमालाई सम्हाली । म ल्यापटप अघि आएर क्लासमा बसेँ । विद्यार्थीहरुलाई घटना शेयर गरिन । गर्ने पर्ने दैनिक क्रियाकलाप गरेर क्लास अलि चाँडो छोडेँ ।
कोरोना संक्रमणबाट एकै दिनमा १३९ जनाको मृत्यु
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विश्वास छ भनी राखेको प्रस्ताव संसदको बहुमतबाट असफल भएको छ । प्रस्ताव असफल भएसँगै प्रधानमन्त्रीको पद पनि गएको छ ।
निर्माता तथा निर्देशक गणेशजंग रावललको अछामी लघु चलचित्र “संशय” सार्वजनिक भएको छ । अछाम जिल्ला मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउ घर भएका रावलले निर्माण गरेको लघु चलचित्र सोमबार सार्वजनिक भएको हो । अछामका नागरिकका ज्वलन्त समस्याको परिबेश समेटेर तयार पारिएको चलचित्र भेडापानी ईन्टरटेन्मेण्ट युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।
उद्योग बाणिज्य संघ अछामले साँफेबगरमा खाद्यन्न तथा तरकारीको मूल्य सुचि सार्वजनिक गरेको छ ।
अब कुर्दैनौँ, सामूहिक राजीनामाको विकल्प छैन : माधव पक्ष
नेपाल पक्षको अल्टिमेटम थाहा छैन, अर्थ पनि छैन : सुवास नेम्वाङ
कोरोना संक्रमित सांसदले पनि मतदानमा भाग लिन पाउने
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएका छन् । एकता प्रस्ताव स्वीकार नगरे सांसदबाट राजीनामा दिने उनको चेतावनी छ । सहमतिको प्रयासमा आइतबार भएको वार्ता असफल भएपछि नेपाल समूहको बैठकले २ जेठ २०७५ मा फर्किने र सहमतिका साथ अगाडि बढ्ने प्रतिबद्धताका लागि अध्यक्ष ओलीलाई सोमबार बिहान ९ बजेसम्म पर्खिने निर्णय गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आज विश्वासको मत लिने भएका छन्। आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्।
नयाँ सरकार गठन गर्न ३ दिनको समय
गण्डकीका मुख्यमन्त्री गुरुङले दिए राजीनामा
नेकपा (एमाले) को विभाजन रोक्नको लागि अन्तिम प्रयास भैरहेको छ । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु राजीनामा दिन सिंहदरबारस्थित् संसद् सचिवालयमा पुगेको बेला अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका दूत बनेर विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ नेता नेपालसँग भेटवार्ताको लागि पुगेका थिए ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिन एमालेमा गरियो ह्वीप जारी
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ८५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
अच्छा कन्टिर–बाबूको एक प्रश्नको तपाईहरू उत्तर दिनुस् पहिले ! ल, भन्नुस्, राज्य र सरकार किन आवश्यक छ ? तपाईको उत्तर हुन सक्छ, जनताको सर्वोत्तम हितका लागि । एकदम ठीक भन्नुभयो ।