संवैधानिक व्यवस्थाअनुसार नै बजेट ल्याउँछौँ : विष्णु पौडेल
विकसित राजनीतिक घटनाक्रमबाट बजेट कति पनि प्रभावित भएको छैन । बजेट अन्तिम चरणमा पुगेको छ । संवैधानिक व्यवस्थाअनुसार नै बजेट आउनेछ । संविधानले जे व्यवस्था गरेको छ, सोहीअनुसार बजेट ल्याउँछौँ । कहाँ पेस गर्ने, कसरी ल्याउने, अध्यादेश कि के भन्ने कुरा छैन, जे संवैधानिक व्यवस्था छ, सोहीअनुसार आउँछ । त्यो भनेको अध्यादेश पनि हुन सक्छ ।
संसद् नहुँदा अध्यादेशबाट बजेट ल्याउनुको विकल्प देखिँदैन : सुरेन्द्र पाण्डे, पूर्वअर्थमन्त्री एवं एमाले नेता