Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०८ कार्तिक २०८१
प्रचलनमा:
ताजा अपडेट
नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न नेपाली कांग्रेस क्षेत्रिय कार्यसमितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम साँफेबगरमा सम्पन्न अछाम देखि धनगढीका लागि बिद्युतिय  गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने अछाम देखि धनगढीका लागि बिद्युतिय गाडी सञ्चालन, दैनिक ४ गाडी चल्ने सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का सामाजिक कार्यका लागी लायन्स क्लबसंग सहकार्य गर्न सधैं तत्पर छु - मन्त्री खड्का बैद्यनाथक्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिद्धारा आयव्यय सार्वजनिक बैद्यनाथक्षेत्र संरक्षण तथा गुठी व्यवस्थापन समितिद्धारा आयव्यय सार्वजनिक साँफेबगर नगरपालिका १ बैजनाथको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न साँफेबगर नगरपालिका १ बैजनाथको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न शान्ति मा. बि. मार्कुमा  ने.बि.संघ ईकाई कमिटी गठन, सभापतिमा पारष बोगटी शान्ति मा. बि. मार्कुमा ने.बि.संघ ईकाई कमिटी गठन, सभापतिमा पारष बोगटी स्वास्थ कार्यक्रमहरु समिक्षा कार्यक्रम सम्पन्न, मुंल्याकनमा पातलकोट स्वास्थ चौकी प्रथम स्वास्थ कार्यक्रमहरु समिक्षा कार्यक्रम सम्पन्न, मुंल्याकनमा पातलकोट स्वास्थ चौकी प्रथम निर्माण व्यवसायी संघ अछामको नयाँ समिती चयन, अध्यक्षमा ठकुल्ला निर्माण व्यवसायी संघ अछामको नयाँ समिती चयन, अध्यक्षमा ठकुल्ला एएमसी कपको उपाधि अछामको त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पसलाई एएमसी कपको उपाधि अछामको त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो साढे ३१ अर्ब को बजेट, बयालपाटा अस्पताललाई ७ करोड ५० लाख सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो साढे ३१ अर्ब को बजेट, बयालपाटा अस्पताललाई ७ करोड ५० लाख

समाज

‘महामारीमा अस्पताल स्थापनाका योद्धाहरु’

‘महामारीमा अस्पताल स्थापनाका योद्धाहरु’

वि.स २०३४ सालमा अछाममा हैजाको महामारी फैलियो । थुप्रै मानिसहरुले ज्यान गुमाए । औषधी उपचारको अभावमा कयौ थला परिसकेका थिए । त्यति बेला सहजरुपमा उपचार र औषधी पाउने व्यवस्था नै थिएन । जिल्लाको क्षेत्र नं. २ सदरमुकाम मंगलसेनमा रहेको अस्पतालमा पुग्न सहज थिएन । क्षेत्र नं.१ मा फैलिएको हैजाबाट गाउँ नै सखाप हुने स्थिति सिर्जना हुन थालेपछि यहाँका अगुवाहरुले अस्पतालको लागी आन्दोलनको सुरुवात गरे । हैजा प्रभाबित मानिसहरुको उपचार र बयालपाटामा अस्पताल स्थापनाका लागी तत्कालित बयालपाटा गाउँपञ्चायतका अगुवाहरुले आन्दोलन गर्ने निष्कर्षमा पुगे ।

"जोगी जुत्त्या छाराका लागि" -  ८० लाख आउँदा ८० करोडको रोईलो

"जोगी जुत्त्या छाराका लागि" - ८० लाख आउँदा ८० करोडको रोईलो

शुक्रबार सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयबाट यस  प्रदेशका ६ जिल्लामा अक्सिजन प्लान्ट स्थापनाका लागि ८० लाखका दरले रकम बिनियोजन गरेको खबर आयो । खबरसँगै सामाजिक सञ्जालमा सबैका वाल भरिन थाले । एक थरी लेख्न थाले पूर्व उपप्रधानमन्त्री भीम रावलको पहलमा आयो, अर्कोथरी भन्न, लेख्न थाले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदीको पहलमा आयो। रकम आउँदै छ भन्नेबित्तिकै भुइँ छाडेर उफ्रिने र नेताकाे जय जयकार गर्ने प्रवृत्तिले अछामी समाजमा  बाल विवाह र छाउपडी प्रथालाई समेत उछिनेको छ ।

कोरोना संक्रमणको एक वर्ष : बम्बैको भरोसा टुट्यो

कोरोना संक्रमणको एक वर्ष : बम्बैको भरोसा टुट्यो

घरपरिवारको सबै गुजारा चलाउने बाटो नै बन्द भएपछि अछामको ढकारी गाउँपालिका  वडा नम्बर ४ का सेतु कामी चिन्तित छन् । भारतमा रोजगारी गर्ने उनका श्रीमानले एक वर्षअघिसम्म हरेक महिनाको १५ गतेभित्र भारतको मुम्बईबाट उनका घरखर्चका लागि पैसा पठाउँथे । उनी एक महिना पुग्ने बित्तिकै मुम्बईबाट पैसा आउने समय हेर्थिन् । त्यहि रकमले उनको परिवारको रोजिरोटी चलेको थियो । तर, सेतुको परिवारमा पैसा आउने स्रोत बन्द भएको एक वर्ष पुगिसक्यो । ‘बम्बैमा नौलो रोग आयो भनेर श्रीमान् घर आए । अब कसो गर्ने होला’ सेतुले भनिन्– मेरा र छोराछोरीका रहर पुरा त कहिल्यै भएनन् । अब त साहुको ब्याज तिर्न पनि नसकिने भयो ।

अछाममा नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता संघ गठन

अछाममा नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता संघ गठन

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेड अछाम उपशाखामा आबद्ध अभिकर्ताहरुको भेलाले जिल्ला स्तरिय अभिकर्ता संघ गठन गरेको छ । मंगलसेन नगरपालिका वडा नम्बर ६ को ठुलासैनमा भएको अभिकर्ताहरुको भेलाले यसबर्ष एजेन्सी म्यानेजर बन्नु भएका भक्त्त बहादुर कुँवरको अध्यक्षतामा १३ सदस्यिय नेपाल लाईफको अभिकर्ता सँघ गठन गरेको हो । जसमा उपाध्यक्ष दिपिका कुँवर, सचिव कमल कुमार रावल, सहसचिव प्रेम खनाल, कोषाध्यक्ष नगेन्द्र प्रसाद भण्डारी लगाएत अन्य सदस्य रहेका छन । सदस्यमा पवित्रा भण्डारी, कम्मान सिह चलाउने, कृष्ण बहादुर सोडारी, नमराज न्यौपाने, अर्जुन बहादुर कुँवर, इश्वर रावल, नम बहादुर बिष्ट र केशर रावल सदस्य रहेका छन ।

चौलानी डिपार्टमेन्टलको "मंगलबजार", होलसेल भन्दा पनि सस्तो

चौलानी डिपार्टमेन्टलको "मंगलबजार", होलसेल भन्दा पनि सस्तो

धनगढी । चौलानी ग्रुप अफ कम्पनिजले सञ्चालनमा ल्याएको चौलानी डिपार्टमेन्टल स्टोरले मंगलबजार सञ्चालनमा ल्याएको छ । ग्राहकहरुको सहजताका लागी सबैभन्दा सस्तो मुल्यमा दैनिक उपभोग्य बस्तु तथा सेवा दिने उदेश्यले उक्त योजना ल्याइएको जनाएएको छ । साताको मंगलबारका दिन सबैभन्दा सस्तो सेवा उपलब्ध गराउने हुदाँ उक्त्त योजनाको नाम "मंगलबजार" राखिएको स्टोरले जनाएको छ । आजदेखी प्रत्येक मंगलबार चौलानी डिपार्टमेन्टल स्टोरले होलसेल भन्दापनि सस्तो दरमा सामाग्री उपलब्ध गराउने छ । स्टोरमा उपलब्ध सबै सामाग्री सबैभन्दा सस्तोमा उपलब्ध गराइने स्टोरमा संचालक तिलक साउँदले बताउनुभयो । उहाले भन्नुभयो, "हामी मंगलबारको दिन कमाउने भन्दा पनि उपभोक्ताले सरल र सस्तोमा गुणस्तरिय सेवा पाउन भन्ने उदेश्यले काम गरिरहेका छौ त्यसकारण यो योजनाले निम्न वर्गका परिवार तथा सेवाग्राहीले पनि हाम्रो सेवा लिन सक्नेछन् भन्ने विश्वास लिएका छौ ।" यो योजना चौलानी डिपार्टमेन्टलको चौराहा शाखामा समेत रहेको उनले बताए । चौलानी ग्रुप अफ कम्पनिजले डिपार्टमेन्टल स्टोरसँगै, निको रेस्टुरेन्ट , चौलानी पुस्तक भण्डार, स्विमिङ पुल र रेडमड कफी सप सञ्चालन गरिरहेको छ। साथै चौलानी डिपार्टमेन्टल स्टोर परिसरमै साउना स्टिम, जुम्बासहितको फिटनेस सेन्टर पनि सञ्चालनमा रहेको छ।