आज सुदुरपश्चिम प्रदेशमा आमहड्ताल आह्वान गरिएको छ । कैलालीको गेटामा विश्वविद्यालयको माग गर्दै शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ गठित संघर्ष समितिले आमहड्तालको आह्वान गरेको हो ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य मेघराज खड्काले आगामी बजेटमा अछामको बयालपाटा अस्पताललाई समेट्न माग गरेका छन् । शुक्रबार प्रदेश सभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै प्रदेशसभा सदस्य खड्काले यस्तो माग गरेका हुन् ।
रेडियो धनगढीका कार्यकारी निर्देशक एवम् धनगढी खबरका सम्पादक हरी जोशी सम्मानित भएका छन् । समाजबादी प्रेस संगठन नेपालद्धारा आयोजित प्रथम राष्ट्रिय महाधिबेसनबाट सम्मानित भएका हुन् ।
सरकारी कर्मचारीले आफू चढेको गाडी अवकाशपछि घर लैजान पाउने भएका छन्। सरकारले सुविधा पाउने कर्मचारीलाई एकमुष्ट रकम दिएर आफूले चढेको गाडी घर लैजाने व्यवस्था गर्न लागेको हो।
आज दिनभर सुनकोशीमा बेपत्ता सिटिइभिटीको गाडी फेला, दुई शव पनि भेटिए,नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो, कांग्रेसले कोशीमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने, खप्तडको समग्र विकासका लागि पहल गर्छु, राष्ट्रिय सभाको बैठक भोलिलाई सारियो, बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई प्रवेश गराइएको छैन,‘संसद्मा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ’,माओवादी केन्द्रद्वारा कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता, मधेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक लगायतका समाचारले प्रमुख स्थान पाए ।
अछामका एक ३० बर्षिय पुरुषको शव फेला परेको छ । जिल्लाको कमलबजार नगरपालिका वडा न ४ का भिम बहादुर ढोलिको शव २७ फिट अग्लो रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो । अर्धनग्न अवस्थामा रहेको उक्त शव निकाल्न प्रहरिबाट असम्भव भएपछि गोरखनाथ गण मंगलसैनका सैनिक जवान द्धारा उक्त शव निकालिएको ईलाका प्रहरी कार्यालय कमलबजारले जनाएको छ ।
नेपाल पत्रकार महासङ्घले सदस्यता नवीकरण सम्बन्धमा शुद्धीकरण मापदण्ड जारी गरेको छ । महासङ्घका महासचिव रोशन पुरीले शुद्धीकरण मापदण्ड पूर्णरुपमा कार्यान्वयनमा जोड दिँदै यस सम्बन्धमा १५ बुँदा सार्वजनिक गरेका छन् ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा फोहोरसँगै कुकुर व्यवस्थापनमा समेत समस्या देखिएको छ। फोहोर व्यवस्थापनको समस्या करिब दुई हप्तादेखि देखिएको छ भने कुकुरको समस्या वर्षौंदेखिको हो।
सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिने कार्यविधि पास गरेको छ । गत ६ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि पास गरेको हो । कार्यविधिअनुसार पहिलो चरणमा अयोग्य लडाकु पहिचान गरिनेछ । लडाकु पहिचान गर्ने जिम्मा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिइनेछ । र, जिल्ला प्रशासनले पहिचान भएका लडाकुको विवरण गृह मन्त्रालयमा पठाउनेछ । सोही विवरणअनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आयोग्य लडाकुलाई दुई–दुई लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउनेछ ।
माओवादीका अयोग्य लडाकूलाई राहत दिन सरकारले कार्यविधि तयार पारेको छ। गृह मन्त्रालयले अयोग्य लडाकुलाई २ लाख रुपैयाँ दिनेसम्बन्धी कार्यविधि तयार पारेको हो।
कैलाली अस्पतालमा बैशाखभरी स्टोन र युरोलोजी सेवाको निःशुल्क चेकजाँच भईरहेको छ । नयाँ बर्षको अवसर पारेर बैशाख महिनाभरी अस्पतालमा स्टोन र युरोलोजी सम्बन्धी सेवाको निःशुल्क चेकजाँच भईरहेको हो । कन्सल्टेन्ट युरोलोजिष्ट डाक्टर सुरेन्द्र बस्नेतद्धारा कैलाली अस्पतालमा एक महिनाभरी निःशुल्क चेकजाँच भईरहेको हो । यो सेवाको फाईदा लिन स्टोन र युरोलोजी सम्बन्धी समस्या भएका बिरामीलाई अस्पतालले आग्रह समेत गरेको छ ।
अछामका स्थानीय तहमा ४३ करोड १९ लाख बेरुजु देखिएको छ। महालेखा परीक्षकको ६० औं प्रतिवेदनमा आर्थिक वर्ष २०७८/०७९ को बेरुजु ४३ करोड १९ लाख ८२ हजार देखिएको हो।
केन्द्रको मुख ताक्दा सुदूरपश्चिम सरकार विस्तारमा ढिलाइ भएको छ। कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री नियुक्त भएको दुई महिना पुग्नै लाग्दा पनि सरकारले अझै पूर्णता पाएको छैन। सत्तारुढ दलहरुबीचको भागबण्डा टुंगो लगाउन प्रदेश सरकारलाई सकस परेको छ। भागबण्डाका लागि केन्द्रमा भर पर्दा अहिलेसम्म प्रदेश सरकारले पूर्णता पाउन सकेको हो। संविधानको धारा १६८ को उपधारा ३ बमोजिम २६ माघमा शाह मुख्यमन्त्री नियुक्त भएका थिए। २१ फागुनमा उनले प्रदेश सभाबाट विश्वासको मत लिएका थिए।
०६२/०६३ को जनआन्दोलनपछि अहिलेसम्म १३ वटा सरकारको नेतृत्व ९ जनाले गरेका छन्। यो अवधिमा २८९ नेता क्याबिनेट मन्त्री बने। यस्तै १२१ जना राज्यमन्त्री बन्दा ४ जना सहायकमन्त्री बने।
२०४६ सालमा निर्दलीय पञ्चायती व्यवस्था अन्त्य भएर बहुदल प्राप्त भएपछि मुलुकमा सरकार स्थिर बनेन। राजनीतिक दलहरुका लागि सत्ता र शक्ति प्राथमिक विषय बन्दा सरकार ढाल्ने र चढाउने खेल व्यवस्था नै परिवर्तन भइसक्दा पनि जारी छ।
अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छोडेका छन् । कांग्रेस नेताहरूलाई पत्र पठाएर वाग्लेले पार्टी छाडेको जानकारी दिएका हुन् । आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लड्ने तयारीपछि वाग्ले कांग्रेसबाट अलग भएका हुन् ।
सरकार विस्तारमा सत्ता गठबन्धनका दलबीचको भागबन्डा लगभग टुंगो लागेको छ । गठबन्धनमा कांग्रेसले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाउने भएको छ । जसमा अर्थ, परराष्ट्र, रक्षा‚ कानुन र स्वास्थ्य मुख्य मन्त्रालय छन् । त्यस्तै शहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन मन्त्रालय पनि कांग्रेसको भागमा परेको छ । यस अघि एमालेले लिएका मन्त्रालय नै कांग्रेसको भागबण्डामा परेका हुन् ।
नेपाल पत्रकार महासंघले आज ६८ औँ स्थापना दिवस मनाउँदैछ। महासंघको केन्द्रीय समिति र देशभरका शाखाले प्रभातफेरिसहित विभिन्न कार्यक्रम गर्दैछन्।
स्थापना दिवसका अवसरमा महासंघले पश्चिम नवलपरासीमा प्रभातफेरि कार्यक्रम गरेको छ भने रामग्राम स्तुपमा केन्द्रीय समितिको बैठक बस्दैछ। केन्द्रीय समितिको आयोजनामा लुम्बिनीमा भोलि राष्ट्रिय मिडिया सम्मेलन पनि गर्दैछ । सम्मेलनमा देशभरका सञ्चार क्षेत्रका विज्ञ, अर्थविद, महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, केन्द्रीय समिति, प्रदेश समितिका अध्यक्ष÷महासचिव तथा शाखा समितिका अध्यक्ष सहभागी हुँदैछन्।
स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गरी महासंघका अध्यक्ष विपुल पोखरेलले अघिल्लो संसदमा बन्न नसकेका मिडिया सम्बन्धी कानून यो संसदले महासंघको चाहना र अपेक्षा अनुसार निर्माण गर्नेमा विश्वास व्यक्त गरेका छन्।
उनले इन्टरनेट माध्यमको अत्यधिक सदुपयोग गर्दै त्यसमार्फत् पत्रकारिताको विश्वसनीयता अभिवृद्धि गर्न स्वयं पत्रकार क्रियाशील हुनुपर्ने बताएका छन्।
राजधानी काठमाडौंका व्यापारीले कर तिर्न छोडेका छन् । काठमाडौंका मुख्य व्यापारी केन्द्रहरु दरबारमार्ग अनामनगर, बागबजारका व्यापारीहरुले कर तिर्न छोडेका हुन् । व्यापारीहरुले उपभोक्ताबाट उठाएको कर राज्यलाई नतिरेको कर कार्यालयहरुले बताएका छन् ।
आन्तरिक राजस्व कार्यालय पुतलीसडकका अनुसार १४५ जना व्यापारीले उभपोक्ताबाट उठाएको मूल्य अभिवृद्धि कर (भ्याट) नतिरेका हुन्। यी करदाताबाट साढे ३० करोड रुपियाँ भन्दा बढी कर तिर्न बाँकी छ । यस्तो समस्या काठमाडौंका अन्य कर कार्यालयहरुमा पनि छन् । तर तिनको विवरण आउन बाँकी छ ।