स्वास्थ्यकर्मीहरु भन्छन ‘झ्यालबाट हाम फालेर बच्यौं’
भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा बिहीबार रात्रिकालीन ड्युटी सुरु भएको थियो। दाङको तुलसीपुर उपमहानगरपालिका–११ का ५२ वर्षका डिल्लीराज रावतको अवस्था गम्भीर थियो। ४ जेठदेखि भेरीमा उपचार गराइरहेका रावतको स्वास्थ्यमा सुधार आएको थिएन। स्टाफ नर्स अश्विनी गुरुङका अनुसार अक्सिजन लेबल २० देखि ३० सम्म पुगेको थियो। चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्न सुरु गरे पनि रावतलाई जोगाउन सकेनन्।
Read more