हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
बैतडीको दोगडाकेदार गाउँपालिका ७ का वडाअध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शंकास्पद रुपमा भेटिएका छन्।
गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेस्रो सिजन आजदेखि सुरु हुने भएको छ । यो सिजनको प्रतिस्पर्धामा १ सय २० जना प्रतियोगीले भाग लिँदै छन् ।
आजप्रतिनिधिसभा बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरमा रहेको संसद भवनमा दिउँसो १ बजेदेखि सुरु हुने संसद सचिवालयले जनाएको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेडले कनेक्ट आईपीएसमार्फत् हुने कारोबारकाे सीमा बढाएको छ । कम्पनीले आफ्नो वेब र माेबाइल एप दुवै प्लेटफर्मबाट हुने प्रतिदिनको कारोबार सीमा बढाएको हो । कम्पनीले वेबसाइटबाट एक दिनमा २० लाख र मोबाइल एपबाट दुई लाख रूपैयाँसम्म काराेबार गर्न सकिने बनाएकाे छ ।
नेपाल टेलिकमको सहायक कम्पनीले मोबाइल भुक्तानी सेवा सञ्चालनका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको छ । राष्ट्रिय वाणिज्य बैंक र टेलिकमको संयुक्त लगानी रहेकाे उक्त कम्पनीले हालै राष्ट्र बैंकबाट स्वीकृति पाएको हो ।
फोहोर जलाउँदा प्रदूषण भएको भन्दै इटहरी का वासिन्दाले इटहरी उपमहानगरपालिकामा तालाबन्दीकार्यालयको वातावरण शाखा र फोहोर व्यवस्थापनको जिम्मा पाएको वेस्ट एण्ड इन्भारो मेनेजमेन्ट कम्पनिको कार्यालयमा ताला लगाएका छन् ।
काठमाडौ । मेगा बैंक नेपाल लिमिटेड एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ ।
कन्टिर–बाबू कहिलेकाहीँ बडो अलमलमा पर्छन् । के लेख्ने के नलेख्ने ? कुन विषयमा बोल्ने, कुनमा चुपचाप बस्ने ।
यति खेर बर्ग शत्रुले आफ्ना लुला हातहरु उठाएर बिस्थापित हाम्रा मनहरुलाई, अपनत्वको तुलोमा राखेर, सौदावाजी गर्न मोलतोल गर्दैछन, अब हामी जनताको ढाल बनौ, र बर्ग शत्रुको अचानोमा आगोका फूलहरु संग
सुनसरीको ईटहरीमा निर्माणधिन पाँचतारे होट सञ्चालनमा आउने भएको छ । होटल पूर्ण रुपमा सञ्चालनमा आउदा १ अर्ब ३० करोड लगानी पुग्नेछ । होटल परिसर एक बिघा क्षेत्रफलमा फैलिएको छ। जग्गाको मूल्यांकन पनि शुरुवातमा भन्दा यतिबेला ह्वातै बढेको छ। होटल शुरुवातमा आंशिक मात्र सञ्चालनमा हुनेछ । विस्तारै पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।
नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यकारी समितिको सदस्यमा एकेन्द्र बहादुर कुँवर नियुक्त हुनुभएको छ । साँफेबगर नगर पालिका वडा न ९ बुढाकोट अछाम स्थाई घर भ ई हाल काठमाण्डौं मा बस्नुहुने एकेन्द्र बहादुर कुँवर लाई यही चैत्र ५ गतेबाट नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद (राखेप)को कार्यकारी समितिको सदस्यमा नियुक्ति, गरिएको युवा तथा खेलकुद मन्त्रालयको खेलकुद पुर्वाधार विकाश शाखाले जनाएको छ ।
सुनसरी जिल्ला धरान सर्दुखोला स्थित वीपी पार्कमा सरकारको ग्रामिण खानेपानी तथा सरसफाई कोष विकाश समितिले आधुनिक सुविधायुक्त सरसफाईको दृष्टिले सुरक्षीत पर्यटकिय शौचालय निर्माण कार्य शुरु गरेको छ । पार्कमा दैनिक सैयकडौ आगन्तुको चाप बढेपछि सरसफाईको हिसाबले सुरक्षीत शौचालन बनाउन जरुरी भएको हुँदा धरान उपमहानगरपालिकाको प्रस्तावमा समितिले निर्माण कार्य शुरु गरेको हो ।
दुर्घटना गराउने पक्षले उपचार खर्च नबेहोरेपछि विराटनगरको एउटा अस्पतालबाट बच्चा लिएर बाबुआमा भागेका छन् । दुर्घटनामा परेर घाइते बनेका तीन वर्षीय बालक कार्तिक सदालाई लिएर बाबु जगदीश र आमा गेनादेवी विराट नर्सिङ होम एवम् विराटनगर अस्पतालबाट भागेका हुन् ।
आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत उदयपुरले ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ ।
जङ्गली हात्तीको आक्रमणबाट घाइते भएका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती छन् । उनी बिहान बुद्धशान्ति गाउँपालिका– २ मा हात्तीको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेता अशोक कोइरालाको निधनले आफूलाई दुःखी बनाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत नेता कोइरालाको निधनले आफूलाई दुःखी बनाएको बताएका हुन् ।
क्याप्टेन रामेश्वर थापाको प्रकाशनमा प्रकाशित हुँदै आएको राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्ट्का २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले २०७८ साल बैशाख ३ गतेदेखि लागू हुने गरी २०७७ चैत ३ गते सामूहिक राजीनामा दिएका हुन् ।
चर्चित फेसबुक पेज रुटिन अफ नेपाल बन्दका संस्थापक भिक्टर पौडेल ‘रुटिने’ ले नेपाली पब्जी टिम डीआरएस (द रियल सोल्जर) को स्वामित्व खरिद गरेका छन् । क्लबको निश्चित शेयर सहित पौडेल डीआरएसमा जोडिएका हुन् ।
बलिउड अभिनेता आमिर खानले सामाजिक सञ्जाल प्रयोग गर्न छोड्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा कम मात्रामा सक्रिय रहने खानले ट्वीटरमा अन्तिम पोस्ट गर्दै यस्तो जानकारी दिएका हुन् ।
आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको इन्टिग्रेटेड ट्याक्स सिस्टमको सेवा अवरुद्ध हुनसक्ने देखिएको छ । आउँदो शुक्रबार बेलुकी ४ बजेदेखि ७ गते शनिबार बेलुकी ५ बजेसम्म सेवा अवरुद्ध हुनसक्ने विभागले जनाएको हो ।
आधुनिक समयको युद्ध मैदानमा परमाणु, हात हतियार र पाखुराको बल असान्दर्भिक बनिसकेका छन् । सेनाको संख्या र शक्तिमा मात्र युद्ध परिणाम निर्भर हुँदैन । अबको विश्वलाई कसले नेतृत्व गर्छ र को वर्चस्वशाली बन्छ भन्ने कुरा युद्धरत मुलुकको रणनीति, प्रविधि र उसका विविध आयामहरुको सशक्तताले निर्धारण गर्दछ ।
धनगढीको एक होटलमा श्रीमानसँगै सुतेकी महिला मृत अवस्थामा फेला परेकी छन्।