Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, २४ बैशाख २०८१

कञ्चनपुर जिविसले ठेक्का लगाएर राजस्व असुल्दै आएको प्यारा  ताल कसरी  पुग्यो भारतको कब्जामा ?

कञ्चनपुर जिविसले ठेक्का लगाएर राजस्व असुल्दै आएको प्यारा ताल कसरी पुग्यो भारतको कब्जामा ?

नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागलाई लिएर सीमा विवाद चुलिएको छ । दुवै देशबीच ती क्षेत्रको सीमा विवाद समाधानका लागि पहल भइरहेको छ । तर त्यसबाहेकका क्षेत्रमा पनि दुई देशबीच सीमा विवाद नभएको भने होइन । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. ९ मा रहेको प्यारा ताल पछिल्लो समय भारतको कब्जामा छ । कालापानीमा जस्तै प्यारा तालमा पनि भारतीय सुरक्षाकर्मीले नेपालीलाई प्रवेशमा रोक लगाएका छन् । ५ किलोमिटर लम्बाई र ६० मिटर चौडाई भएको उक्त ताल २०६१/०६२ मा खटिएको संयुक्त सीमा सर्वे टोलीको लापरवाहीका कारण भारतको कब्जामा पुगेको हो ।

सामुदायिक रेडियो रामारोशन १४ औँ बर्षमा प्रबेश

सामुदायिक रेडियो रामारोशन १४ औँ बर्षमा प्रबेश

सुदुर संञ्चार समाज नेपाल अछामद्धारा सञ्चालित सामुदायिक रेडियो रामारोशन १३ औँ बर्ष पुरा गरि १४ औँ बर्षमा प्रबेश गरेको छ । २०६३ सालमा स्थापना भई रेडियो रामारोशनले २०६४ साल पौष ३ गते अछामको मगलसेन नगरपालिका वडा नम्बर ६ साविकको जनालिवण्डाली गाबिसको वडा नम्बर १ ठुलासैन बाट औपचारिक रुपमा आफनो प्रशारण आरम्भ गरेको थियो । समुदायको हितका लागि शिक्षा, स्वास्थ्य, शुसाशन, बिकास, कृषि, खेलकुद, गरिवि निवारण, वन वातावरण, धार्मिक, सँस्कृति पर्यटन लगाएतका क्षेत्रमा आवाज उठाउदै आएको छ । रेडियो रामारोशनले जिल्लाको परिवर्तनमा आफनो पहिचान बनाउन सफल भएको निमित्त कार्यकारी निर्देशक कृष्ण बहादुर बुढाले बताउनु भयो ।