Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १८ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
चैतन्य पाठशालाको प्लस टु भवन उद्घाटन सम्पन्न चैतन्य पाठशालाको प्लस टु भवन उद्घाटन सम्पन्न गितालाई वाक नेपालको WECRP परियोजना टिमले गर्यो १९ हजार को सहयोग गितालाई वाक नेपालको WECRP परियोजना टिमले गर्यो १९ हजार को सहयोग प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता सम्पन्न तीन स्वर्ण सहित अछाम तेस्रो प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता सम्पन्न तीन स्वर्ण सहित अछाम तेस्रो वीपी कोइराला राष्ट्रिय पुरस्कार अछामका नयनसिंह कडायत सहित चार जना स्रष्टालाई वीपी कोइराला राष्ट्रिय पुरस्कार अछामका नयनसिंह कडायत सहित चार जना स्रष्टालाई साँफेबगरका आगलागी पीडितलाई चौरपाटी गाउँपालिकाले  २ लाख दिने साँफेबगरका आगलागी पीडितलाई चौरपाटी गाउँपालिकाले २ लाख दिने विपद व्यवस्थापन सम्बन्धि २ दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु विपद व्यवस्थापन सम्बन्धि २ दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु अछामको मुजाबगरमा  रामारोशन पर्यटन, कृषि, व्यापार तथा साँस्कृतिक महोत्सब  हुने अछामको मुजाबगरमा रामारोशन पर्यटन, कृषि, व्यापार तथा साँस्कृतिक महोत्सब हुने गिताको घर निर्माणका लागी तरुण दलका क्षेत्रिय सभापति कडायतले गरे १५ हजार बढिको सहयोग गिताको घर निर्माणका लागी तरुण दलका क्षेत्रिय सभापति कडायतले गरे १५ हजार बढिको सहयोग आफ्नो घर भत्काउन दिएर आगोबाट बजार बचाएकि गिता आफ्नो घर भत्काउन दिएर आगोबाट बजार बचाएकि गिता मालाखेती निवासी नन्दादेवी नागरिक नायक द्वारा सम्मानित मालाखेती निवासी नन्दादेवी नागरिक नायक द्वारा सम्मानित

शोकमा रामारोशन ,बाढीमा मिसिए १७ जनाका कराडौं सपना

शोकमा रामारोशन ,बाढीमा मिसिए १७ जनाका कराडौं सपना

रामारोशन गाउँपालिका ५ सैनीबजारमा व्यापार व्यवासाय गरिरहेका ४५ वर्षीय नन्द सिंह साउद गरी उनका ७ जनाको परिवारलाई मंगलबार मध्यराती कैलाश खोलामा आएको बाढीले बेपत्ता पार्यो ।  उनकी श्रीमती गंगा ,जेठो छोरा रुपेश ,बुहारी कविता , कान्छो छोरा नविन , सासु बिमादेवी, दिदी जोगादेवी , नातीनी प्राप्तीलाई कैलाश खोलाको बाढीले बगायो ।ठूलो लगानीमा सैनी बजारमै बनाएको नौलो घर बाढीमा मिसियो । यी मध्ये नन्दसिंहका कान्छो छोरा नविन र बुहारी कविताको मात्रै शव भेटिएको छ । ‘भाटाकाटीयामा विवाह गरेकी जेठी छोरी कौशीला पनि माइतमा बस्थीन् । त्यो दिन मात्रै आफ्नो घर गएर बाचिन् ’ बेपत्ता भएका नन्दसिंहका आफन्त कम्मानसिंह साउदले भने ,‘कान्छि छोरी सनानी गाउँमा बस्ने बाजेबज्यैलाई भेट्न गएकाले उनी पनि बचेकी छन् ।

जनता ढाँटेको प्रिय लोकतान्त्रिक गणतन्त्र !

जनता ढाँटेको प्रिय लोकतान्त्रिक गणतन्त्र !

सामान्यतया गणतन्त्र भन्नाले जनताको तन्त्र अथवा ( जनताको राज्य) भन्ने बुझिन्छ जहाँको शासन तन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा आम जनताबाट कुनै पनि व्यक्ति सहजै जिम्मेवार तहमा पुग्न सक्छ । यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ। "लोकतन्त्र" जहाँ  सामान्य जनता वा तिनको बहुमतका इच्छाले चल्ने शासन शासनतन्त्रलाई लोकतन्त्र भनिन्छ । आज विश्वका धेरैजसो देशहरू गणराज्य र लोकतान्त्रिक पनि छन । तेस्तै लिखित र बनावटमा भने हाम्रो देश नेपाल पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक बनिसकेको छ । कतिपय अवस्थामा नेपालको संविधानको हिसाबले बिश्वको सबैभन्दा लोकतान्त्रिक संविधान पनि भनिन्छ ।