Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, ०३ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

त्रिपुरा देवि युवा क्लब द्वारा रामारोशनका बाढी पीडितलाई आर्थिक सहयोग

त्रिपुरा देवि युवा क्लब द्वारा रामारोशनका बाढी पीडितलाई आर्थिक सहयोग

त्रिपुरा देवि युवा क्लब चौरपाटी ( ५ लुङ्ग्राले रामारोशन गाउँपालिकाका बाढी पहिरो पिडित परिवारका लागि २४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष सरस्वति रावलको उपस्थितिमा मुजाबगर पुगेर ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको क्लबका कोषाध्यक्ष महेश बहादुर खड्काले जानकारी दिनुभयो । घट्नाबाट पीडा भोगिरहेका पीडित परिवारलाई थोरै मात्रामा भएपनि राहत पुगोस भन्ने उद्देश्यले सहयोग गरेको कोषाध्यक्ष खड्काले बताउनुभयो । उहाँले विशुद्ध समाज सेवा गर्ने भावनाले स्थापित युवा क्लबले आगामी दिनमा पनि यस्तै रचनात्मक सहयोग गर्दै जाने बताउनुभयो।

अछामकि क्यान्सर पिडितलाई यु एस आर्मिका एक जवानको सहयोग

अछामकि क्यान्सर पिडितलाई यु एस आर्मिका एक जवानको सहयोग

अछामकी क्यान्सरपीडित एक किशोरीको उपचारको लागि यू.एस.आर्मि शाहिले १० हजार ५ सय रुपैयाँ आर्थिक सहयोग गरेका छन् । समाजिक कार्यमा सक्रिय भुपेन्द्र ब. बुढा र देबेन्द्र ब. बुढाले विभिन्न संघसंस्थ र व्यक्तीलाई सामाजिक सञ्जाल र अन्य माध्यमबाट उपचारका लागि सहयोगको अपिल गरेका थिए । अछाम ढकारी गाउँपालिका– ६ मोयकाँडा की १८ वर्षीया मनसरा बुढाका लागि सहयोगको अपिल गरिएको थियो । क्यान्सरपीडित मनसरा ढकारी ६ ढुंगाचाल्नास्थित अष्ट सिद्धि मा वि मा कक्षा ११ मा अध्यनरत छन् । उनी विगत एक वर्षदेखि बिरामी रहेको हुँदा गाउँघरमा अन्धविश्वासका कारण धामी झाँक्रीको पछि लाग्दा रोग जीर्ण हुँदै गएको थियो ।

नेपालमा तीव्र, विदेशमा मत्थर

नेपालमा तीव्र, विदेशमा मत्थर

असार १५ सम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० नेपालीको मृत्यु भएको थियो। संक्रमितको संख्या २६ हजार २ सय २७ थियो। त्यस दिनसम्म नेपालमा २९ जनाको मृत्यु भएको थियो। १३ हजार २ सय ४८ संक्रमित थिए। सोमबारसम्म विदेशमा मृत्यु हुनेको संख्या २ सय छ। संक्रमित ३४ हजार ९ सय ३९ जना छन्। जब कि नेपालमा ३ सय जनाको मृत्यु भइसकेको छ। संक्रमित संख्या पनि बढेर ४७ हजार २ सय ३६ पुगेको छ। यसले अन्य मुलुकमा संक्रमण र मृत्युको दर घट्दो देखिन्छ। नेपालमा भने यो तीव्र गतिमा बढ्दो छ। गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका प्रेस संयोजक चिरन शर्माले विदेशमा कोरोना संक्रमण नघटे पनि नेपाली समुदायमा घटेको जानकारी दिए। ‘कोरिया, यूएईबाहेक देशमा संक्रमण न्यून हुँदै गएको छ’, शर्माले भने,‘लगभग नियन्त्रणमा आएको छ।’

अछामको मंगलसेनमा बन्दाबन्दीको स्वरुप फेरियो , साँफेबगरमा लडाउन खुल्यो

अछामको मंगलसेनमा बन्दाबन्दीको स्वरुप फेरियो , साँफेबगरमा लडाउन खुल्यो

मंगलसेन नगरपालिकाले जारी गरेको बन्दाबन्दीको स्वरुप मंगलबारदेखि बदलिने भएको छ । सोमबार बसेको नगर संकट व्यवस्थापन केन्द्रको निर्णायानुसार भदौ २९ गतेसम्म आंशिक रूपमा बन्दाबन्दी खुल्ने भएको नगर प्रमुख पदम बहादुर बोहराद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । नगरपालिकाका ५८२ जनाको पिसिआर परिक्षण गरेकोमा ११३ जनामा कोरोना संक्रमण देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नगर प्रमुख बोहराका अनुसार हाल आइसोलेसनमा ५ जना र क्वारेन्टाइनमा १२ जना रहेका छन् । कोभिड-१९ संक्रमणको रोकथामलाई प्रभावकारी बनाउन बन्दाबन्दी नै मुख्य विकल्प भएको उहाँले बताउनुभयो ।