‘मेरो छोरी जन्मिन्छ कि भन्ने डर लाग्न थाल्यो’, ऋचा शर्माको प्रधानमन्त्रीलाई खुलापत्र
मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ। मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकूँला कि भन्ने डर लाग्न थालेको छ। मलाई भोलि छोरा पाउन नि डर लाग्न थालेको छ। मैले जति संस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानुनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ।