Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०७ बैशाख २०८३
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

मुख्य समाचार

बाजुरामा खोलाले बगाउँदा दुई बेपत्ता

बाजुरामा खोलाले बगाउँदा दुई बेपत्ता

बाजुरामा सोमबार खोलाले बगाउँदा दुई जना बेपत्ता भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिकामा –५ किम्नीका घुरे बुढाका १२ वर्षीय छोरा कमल बुढालाई किम्नी खोलाले सोमबार बिहान बागाएर बेपत्ता पारेको  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक धनदेव साउँदले जानकारी दिए । बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको प्रहरी निरिक्षक साउँदले बताए । यस्तै, बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३५ वर्षीया मोतीकला ल्वार पनि खोलाले बगाएर बेपत्ता रहेकी छन् । 'बिहानै खेतमा धानको बेर्ना कोर्न गएको बेला बड्डीगाड खोलाले बगाएको जानकारी आएको छ । बेपत्ता दुवैको खोजी कार्य जारी छ,' उनले भने ।

लापरबाहीले संक्रमण बढ्दै

लापरबाहीले संक्रमण बढ्दै

पंचदेवल बिनायक नगरपालिका ३ का ५२ वर्षीय पुरुषले २१ गते कमलबजार आरटि पिसिआर प्रयोगशालामा कोरोना परिक्षणको लागि स्वाब दिए । त्यति बेलासम्म उनलाई अवस्था गाह्रो भएको थियो । रिर्पोट नआउदै उनको २२ गते मृत्यु भयो । आइतबार ३२ गते मात्रै रिर्पोट आयो । उनलाई गाउ“मा ठूलो भिडभाड गरेर अन्तिम दाहसंस्कार गरियो । समुदायमा संक्रमण भएको शंका हुँदा पनि सचेत नभएको कमलबजार नगरपालिकाका सूचना अधिकारी टेकबहादुर विष्टले बताए । ‘कोरोना संक्रमण भएका हंका भएको मान्छेको मृत्यु हुदा पनि मान्छे डराएको देखिएन ’ उनले भने ,‘ पहिले त समयमा स्वास्थ्य संस्थामा पुग्दैनन् । स्वयम् व्यक्तिले नै लापरबाही बढेको छ ।’ परिक्षणको दायरा बढाउनुको साटो घटेको उनले बताए । समुदायमा परिक्षण गर्न जादा पनि लक्षण देखिएकाहरुले स्वाब दिन नमानेको उनले बताए ।‘