मध्यपहाडी सडकको काम सुस्त
सरकारले गौरवको आयोजनाको सूचीमा राखेको मध्यपहाडी लोकमार्गअन्तर्गत बयालपाटा –मंगलसैन , मंगलसैन –ठाटिखाँरद र बिनायक– बेलखेत खण्डमा कालोपत्रेको काम सकिएको छ । बिचमा पर्ने बिनायक–ठाटीखा“द खण्डको निर्माणमा पर्ने १६ किलोमिटर काममा ढिलाइ भएको हो । निर्माणको जिम्मा पाएको पहिलो समूहले निर्माणको लागि आवश्यक मेशिन तथा उपकरण , क्रसर, टिपर, जेसिवि, स्काभेटर, लोडर गुणस्तर मापनका लागि ल्याब लगायतका सामान तथा पुर्वाधार, दक्ष जनशक्तीको अभावले निर्माण कार्य ढिलो भएको कर्मचारीको भनाइ छ । पहिलेको समूहले काम गर्न नसक्ने बताएपछि अहिले अर्को समुहले काम गरिरहेको छ ।