Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १३ बैशाख २०८१

मुख्य समाचार

प्रचण्ड र माधव नेपालको चर्को आलोचना सहित गरे प्रधानमन्त्री केपी  ओलीले देशबासिका नाममा सम्बोधन - पूर्णपाठ

प्रचण्ड र माधव नेपालको चर्को आलोचना सहित गरे प्रधानमन्त्री केपी ओलीले देशबासिका नाममा सम्बोधन - पूर्णपाठ

प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् । ‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार र भ्रमहरु निराधार छ’ उनले भने, ‘राजनीतिक स्थिरताको प्रत्याभूति गर्ने निर्णायक तत्व जनताको अभिमत हो । तसर्थ कुन कुरामा नअल्मलिई आम निर्वाचनको तयारीमा जुट्न आहृवान गर्दछु ।’

प्रतिनिधी सभा विघटन भएसँगै अबका सम्भावित ५ राजनीतिक दृश्य

प्रतिनिधी सभा विघटन भएसँगै अबका सम्भावित ५ राजनीतिक दृश्य

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधी सभा विघटन गर्ने सिफारिस गरेपछि नेपालमा फेरि राजनीतिक अस्थिरताको सुरुवात भएको छ । संविधान बनाउँदा राजनीतिक स्थिरता नहोस् भनेर प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट प्रावधान राखिएको थिएन । तैपनि प्रधानमन्त्री ओली आफू कमजोर भएपछि संसद विघटन गरी नयाँ चुनावमा जाने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले लिएको यो बाटोले नेपाललाई फेरि राजनीतिक अस्थिरतातर्फ लगेको छ । प्रधानमन्त्री ओलीले गरेको यो निर्णयको संवैधानिक र कानूनी वैधता के हुन्छ भन्ने प्रश्न उठेको छ । सरकारको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरिसकेको यस अवस्थामा अबको राजनीतिक अस्थिरता कता मोडिन्छ अथवा, प्रतिनिधी सभाको विघटनको घोषणाले अब के के हुन सक्छ त ?