जनकपुरका लागी उडेको जहाज पोखरा पुग्यो, एयरहोस्टेसले भन्दै थिइन्, ‘यात्रु महानुभावहरू हामी जनकपुर विमानस्थलमा आइपुगेका छौं । बाहिरको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ’
काठमाडौंबाट जनकपुरतर्फ उड्नुपर्ने बुद्ध एयरको ‘माइक यांकी’ एटीआर विमान शुक्रबार जब पोखरा विमानस्थलको धावनमार्गमा अवतरण हुँदै थियो, एयरहोस्टेस लुमन्ती मानन्धर भन्दै थिइन्, ‘यात्रु महानुभावहरू हामी जनकपुर विमानस्थलमा आइपुगेका छौं । बाहिरको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ।’