Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०८ बैशाख २०८१

मुख्य समाचार

दुईवटा भ्यान्टिलेटरको उद्घाटन भए संगै अब जिल्ला अस्पताल अछामलाई ५० शैयाको रूपमा विकास गरिने

दुईवटा भ्यान्टिलेटरको उद्घाटन भए संगै अब जिल्ला अस्पताल अछामलाई ५० शैयाको रूपमा विकास गरिने

जिल्ला अस्पताल अछामलाई ५० शैयाको अस्पतालको रूपमा विकास गरिने भएको छ । नेपाल सरकारले लिएको स्वास्थ नेपाली, समृद्ध नेपालको निति अनुरूप जिल्ला अस्पताल अछामलाई ५० शैयाको अस्पतालको रूपमा विकास गरिने भएको हो । बुधबार एक कार्यक्रमको अायोजना गरि जिल्ला अस्पताल अछाम ५० शय्या स्तरोन्नति सम्बन्धि घोषण कार्यक्रममा जानकारी गराईएको थियोे । सोही अवसरमा जिल्ला अस्पताल अछाममा ल्याईएका दुइवटा भ्यान्टिलेटरको समेत उद्घाटन गरिएको छ । भ्यान्टिलेटर सहितको सेवा उपलब्ध हुने भएपछि अछामी जनताका लागि निकै सहज हुने जिल्ला स्वास्थ्य कार्यालय अछामका बरिष्ठ जन स्वास्थ्य अधिकृत झनक राज ढुंगानाले बताए ।