प्रविधि पछ्याउँदै ट्राफिक प्रहरी, यस्ता छन् अनलाइनबाटै सञ्चालित सेवा
पछिल्लो समय प्रविधि हाम्रो अपरिहार्य आवश्यकता बन्दै गएको छ । हरेक कुरा प्रविधिसँग जोडिँदै गर्दा यसले प्रयोगकर्तालाई धेरै कुराको सहजता पनि प्रदान गरिरहेको छ । चाहेर होस् वा नचाहेर, सरकारी कार्यालय, बैंकिङ र निजी क्षेत्र पनि विस्तारै प्रविधिको आत्मसात गर्न बाध्य भइरहेका छन् ।