जसलाई कुनै अभियान र दिवसले छुँदैन
महिला हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न निकयले तामझामका साथ मनाइ रहँदा ग्रमिणस्तरका धेरै महिलाहरु यसबारे बेखबर छन् । यसैको उदाहरण हुन्, ढकारी गाउँपालिका– ४ बलाता गाउँकी शोभा साउद । देशैभरी महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरुवात गरिरहँदा उनी आफ्ना पिडा सुनाउन बाध्य छिन् । शोभा ९ वर्षको उमेरमा स्कुलमा भर्ना भइन् । सरकारले सामुदायिक विद्यालयमा निःशुल्क शिक्षाको व्यवस्था गरे पनि विद्यालय जान आवश्यक पर्ने शैक्षिक सामाग्रीको अभावमा समयमै भर्ना हुन सकिनन् । आफुभन्दा पछिका दुइ भाइलाई उनकी आमाले जेनतेज गुजारा गरी स्कुल पठाइन् । शोभा हेरालो लाग्न थालीन । बुवाको मृत्युपछि उनकी आमाले दैनिक ज्याला मजदुरी गरेर साँझ बिहानको छाक टार्नसमेत मुस्किल भएपछि छोरीलाई विद्यालय भर्ना गर्ने सपना पनि देख्न छोडेको आमा मैना बिकले सुनाईन् । ‘आफूलाई साँझ बिहान खानकै समस्या छ, कसरी मैले डे«स र कापी कलम किनेर स्कुल पठाउँथे । पेट भरिने गरि खान पाइएको छै्रन । ’ मैनाले भनिन् , ‘ छोराछोरी स्कुल पठाउन सकिएको छैन । एकल महिला भनेर समाजले थिचोमिचो गर्छ । महिलाका लागि के कार्यक्रम हुन्छन् केहि थाहा छैन ।’