दरबार हत्याकाण्डको २० वर्ष : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको 'घटनाको यथार्थ विवरण'
नारायणहिटी दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भएको छ। हरेक महिनाको तेस्रो शुक्रबार चल्ने भोजका समयमा ०५८ जेठ १९ गते राति दरबारमा हत्याकाण्ड भएको थियो। राजदरबारको 'अति सुरक्षित' स्थलमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र लगायत परिवारका अन्य सदस्यको हत्या भएको सो काण्डको चित्तबुझ्दो तथ्य अझै पनि जनतासमक्ष आउन सकेको छैन।