पुनः बन्द भयो लाइसेन्सको अनलाइन फाराम
सवारी चालक अनुपतिपत्र (लाइसेन्स) अनलाइन फाराम पुनः बन्द भएको छ ।
Read moreसवारी चालक अनुपतिपत्र (लाइसेन्स) अनलाइन फाराम पुनः बन्द भएको छ ।
Read moreकिर्ते रिपोर्ट पेस गरेर प्रहरीलाई ठग्न खोजेको आरोपमा पक्राउ परेका ठेकेदार पीताम्बर मुन्काले फेरि पनि नेपाल प्रहरीलाई कमसल सामान बेच्न खोजेको पुष्टि भएको छ । उनले नेपाल प्रहरीलाई आपूर्ति गरेको एक लाख २० हजार मिटर कटनको कपडा गुणस्तर परीक्षणमा फेल भएको छ ।
Read moreशुक्रबार र शनिबार पूर्व-पश्चिम राजमार्गमा बाघ र मान्छेबीच भएको जम्काभेटमा दुःखद घटना भए । बारा, जितपुर सिमरा उपमहानगरपालिका-१ आधाभार जंगलमा शनिबार विहान कारसँग ठाक्किएर १० वर्षको पोथी बाघ मर्यो । शुक्रबार बेलुका बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रको अम्रेनी-चिसापानी खण्डमा गुडिरहेको मोटरसाइकलको पछाडि बसेकी महिलालाई बाघले तानेर लग्यो । कैलालीको लम्कीचुहा नगरपालिका-४ कौवापुरकी ५२ वषर्ीया नन्दकला थापा छोराले चलाइरहेको मोटरसाइलमा यात्रा गरिररहँदा एक्कासी बाघको शिकार बनिन् । २०५८ सालमा त्यही ठाउँमा यसैगरी बाघले एकजनाको ज्यान लिएको थियो ।
Read moreफ्लाई दुवईको विमानबाट दुबई जान लागेका ७ जना शनिवार साँझ त्रिभुवन विमानस्थलमा पक्राउ परे । पर्यटक भिषामा विदेश जान लागेका उनीहरु पक्राउ पर्नुको कारण हो, ‘कोरोना परीक्षणको नक्कली पीसीआर रिपोर्ट ।’
Read moreसुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा आज बेलुका भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ६ बजेर ४४ मिनेटमा बैतडीको डिलासैनी आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दहालले जानकारी दिए ।
Read moreबलिउडमा चर्चित फिल्म हो – धुम । सन् २००४ मा सुरु भएको यो फिल्मको सीरीजले बक्स अफिसमा थुप्रै रेकर्ड तोडेको छ ।
Read moreशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । परीक्षा सञ्चालनका निम्ति चारवटा विकल्प अघि बढाइएको छ । सम्बन्धित विद्यालय, स्थानीय तह, प्रदेश वा यसअघि झैँ संघीय सरकारमार्फत सञ्चालन गर्ने भन्ने रहेको छ । विद्यमान ऐनमा भने एसईई परीक्षा सञ्चालन जिम्मेवारी प्रदेश तहलाई दिइएको छ ।
Read moreबन्द भएको लामो समयपछि सुरु भएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन आवेदनमा समस्या देखिएको छ । नौ महिनापछि गएको मङ्गलबारदेखि फेरि सुरु भएको लाइसेन्सको अनलाइन आवेदनमा समस्या देखिएको हो ।
Read moreकांग्रेस युवा नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका गलत काममा समर्थन गरेको भन्दै अब संसद् पुनःस्थापनापछि उनलाई घर फर्काउनुपर्ने बताएका छन् ।
Read moreनेकपाको एक खेमाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको अर्को खेमाको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालप्रति आफ्नो स्वाभाव अनुसार आक्रोश, कटाक्ष, ठट्टा, व्यंग्य र आरोपसहित अभिव्यक्ति दिँदै नेता तथा कार्यकर्ताको ध्यान आफूतिर केन्द्रित गर्ने प्रयासलाई निरन्तरता दिएका छन्।
Read moreहेर्दा हेर्दै राजनीति फेरियो । पार्टी कार्यालयभन्दा पाटी प्यालेस प्यारो भयो । पद र भुँडी वाइड, तर सोच चाहिँ साह्रै ‘न्यारो’ भयो । ठूलो भाग खोज्दै दुईतिर बाँडिएका नेकपाका शीर्षहरुलाई देख्दा र उनीहरुको कुरो सुन्दा रमाइलो नमान्ने मान्छे कमै होलान् ।
Read moreपूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभा सदस्यको निर्वाचन निर्धारित मितिमै हुने जिकिर गरेका छन् । राष्ट्रिय युवा सङ्घ नेपाल धुलिखेल नगर कमिटीद्वारा आज आयोजित कार्यक्रममा उनले निर्वाचन नसर्ने उल्लेख गर्दै निर्वाचनमा को कहाँ भन्ने हैसियत जनताले निर्धारण गरिदिने बताए ।
Read moreजिल्लामा स्काभेटर दुर्घटना हुँदा शनिबार अपरेटर (चालक) को मृत्यु भएको छ । पाटन—पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका ३ ठूलाखोलामा स्काभेटर दुर्घटना हुँदा कैलालीको निगालीका २५ बर्षीय चालक हेमन्त धामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।
Read moreशिक्षक नियुक्तिमा घुस लिएको आरोप लागेपछि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएका दैलेखका एक वडाध्यक्ष र प्रधानाध्यापकलाई छाडिएको छ।
Read moreबर्दिया राष्ट्रिय निकुञ्जले पूर्वपश्चिम राजमार्गको निकुञ्ज क्षेत्रमा रातको समयमा यात्रामा रोक लगाइएको छ। पाटेबाघको आक्रमणमा परी महिलाको ज्यान गएपछि बर्दिया निकुञ्ज क्षेत्रमा रातिको समयमा साइकल, मोटरसाइकल चलाउन र पैदल यात्रा गर्न रोक लगाइएको हो।
Read moreबर्दियामा पाटेबाघले मोटरसाइकलमा सवार महिलालाई झम्टेर लगेको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा सवार ती महिलामाथि पाटे बाघले आक्रमण गरेको हो। महिला अझैसम्म फेला परेकी छैनन्।
Read moreनेपाल सरकारका वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेमगरले पाँच महिने कार्यकालमा दुई वर्ष बराबरको काम गर्ने बताएका छन्। शनिबार डडेल्धुरा सदरमुकाममा पत्रकार सम्मेलनमा नवनियुक्त मन्त्री आलेले आफ्नो कार्यकाल छोटो भएको र चार–पाँच महिनाको अवधिमा बढीभन्दा बढी काम गरेर देखाउने बताएका हुन्।
Read moreप्रधानमन्त्री केपी शर्मा ओलीले घर मालिकले आफ्नो घरको दाबी गर्दै कतै निवेदन हाल्न नपर्ने बताएका छन्। काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
Read moreराष्ट्रिय सभाको सातौँ अधिवेशनको पहिलो बैठकमा नै प्रतिनिधिसभा विघटनलाई लिएरै सबै दलले असन्तुष्टि पोखेका छन् । शुक्रबारको बैठकमा नेकपा दलका नेता दीनानाथ शर्मा, कांग्रेसका जितेन्द्रनारायण देव, जसपाकी प्रमिला कुमारीले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमको आलोचना गरे ।
Read moreपार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भयो। लगतै बसेको नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर गर्यो। उसले भन्यो– 'प्रधानमन्त्रीको यो कदम सर्वसत्तावादी आकांक्षाबाट प्रेरित छ।'
Read moreविभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको हो।
Read moreनिर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई शुक्रबार पत्राचार गरेर उनीहरूले गरेको पत्रका विषयमा थप स्पष्ट पार्न भनेको छ । आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाललाई अध्यक्ष सम्बोधन गर्दै अलग–अलग प्रकृतिको पत्र लेखेको छ । दाहाल–माधवकुमार नेपाल पक्षलाई आधिकारिकताको मागदाबी गर्नका लागि कानुनी प्रक्रिया पूरा गरेर निवेदन दिन भनिएको छ । ओली पक्षलाई भने आयोगले विवरण अद्यावधिकका लागि बुझाइएको पत्रमा स्पष्ट पार्न भनेको छ ।
Read moreराष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी ओलीले चालेको पछिल्लो कदम प्रतिनिधिसभा विघटनले उनैलाई नांगेझार पारेको बताएका छन्। राष्ट्रियसभाको हिउँदे अधिवेशनअन्तर्गत शुक्रबार बसेको पहिलो बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्री ओलीले चालेको पछिल्लो कदमलाई डेनिस लेखकको एउटा लोककथासँग जोड्दै यस्तो बताएका हुन्।
Read moreनेकपा दाहाल–नेपाल समूहको सुदूरपश्चिम प्रदेश कमिटी बैठकले ओली समूहमा लागेका प्रदेश अध्यक्ष कर्ण थापासहित ४ जिल्लाका अध्यक्षलाई कारबाही गर्ने निर्णय गरेको छ।
Read moreगुरु द्रोणाचार्य महाभारतका एक प्रमुख पात्र थिए । कौरव र पाण्डवहरूका अस्त्र–शस्त्र चलाउने शिक्षा गुरु द्रोणाचार्यले नै दिएका थिए । महाभारतको आदिपर्वमा गुरु द्रोणाचार्य देवताहरूका गुरु बृहस्पतिका अंशावतार भएको उल्लेख छ ।
Read more