Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ११ मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

कांग्रेसभित्रै मतान्तर, देउवा ओलीसँगै मिल्ने मुडमा, पौडेलको झुकाव दाहाल–नेपालतिर

संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक’ कदमलाई कसरी लिने भन्नेमा प्रमुख प्रतिपक्ष कांग्रेसभित्र दुई थरी विचार प्र्रकट भएका छन् । प्रधानमन्त्री ओलीको कदमविरुद्ध छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको मंगलबार सुरु बैठकमा संसद् पुनःस्थापनातिर कि निर्वाचिनतिर केन्द्रित हुने भन्नेमा मत बाझिएको हो ।

Read more

‘माफी माग्यो बुद्धएयरले’

गएको शुक्रबार जनकपुरतर्फ जानुपर्ने उडान पोखरा पुगेको घटनामा बुद्ध एयरले माफी मागेको छ । बुधबार कम्पनीले विज्ञप्ति जारी गर्दै यस घटनाको छानबिन गरेको उल्लेख गर्दै भविष्यमा नदोहोर्‍याउने प्रतिबद्धता जनाएको छ ।

Read more

अछाममा काेरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

अछाममा काेरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। गए राति जिल्ला अस्पताल मंगलसेनमा उपचारको क्रममा मृत्यु भएको हो।

Read more

१२ रुपैयाँमा आईफोन १२ खरिद गर्न सकिने रिचार्जर एपद्वारा क्रिसमस अफर सार्वजनिक

मोबाइल एप रिचार्जरले क्रिसमसको अवसरमा १२ रुपैयाँमै आइफोन १२ खरिद गर्न सकिने अफर सार्वजनिक गरेको छ । रिचार्जरले आफ्ना प्रयोगकर्तालाई १२ रुपैयाँको टोकन खरिद गरी क्रिसमस अफरमा सहभागी भई आइफोन १२ जित्ने अवसर दिएको हो ।

Read more

मतदातामा भिजेको ‘सूर्य’ कसलाई ?

०४३ सालको आमचुनावमा तत्कालीन मालेले जनपक्षीय निर्वाचनको नीति लियो । काठमाडौंमा उम्मेदवार भए पद्मरत्न तुलाधर । पञ्चायतकालमा उम्मेदवारपिच्छे चुनाव चिह्न हुन्थ्यो, तुलाधरलाई पार्टीले सूर्य चिह्न थमाइदियो ।

Read more

प्रतिनिधिसभा विघटनसम्बन्धी सुनुवाइ : प्रधानन्यायाधीश जबराकै नेतृत्वमा एकल इजलास

प्रतिनिधिसभा विघटनविरुद्ध परेका एक दर्जन निवेदनहरुको सुनुवाइका लागि सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलास गठन गरेको छ ।

Read more

नेकपा फुटको अन्तिम तयारी : कुन समूहमा को ? (नामावलीसहित)

सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले मंगलबार बेग्लाबेग्लै स्थान र समयमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । दुई समानान्तर बैठकहरु नेकपा विभाजनका लागि औपचारिक प्रस्थानविन्दु हुनेछन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेपछि दुई समूह एकै ठाउँमा बस्नसमेत सकेका छैनन् । दुबै समूहले सोमबार आ-आफ्नो पक्षका संघीय सांसदहरुको भेला गरेका छन् । र, यसैको सिलसिला अन्तरगत मंगलबार समानान्तर केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

Read more

प्रचण्डले गरे कांग्रेससँग सहकार्य प्रस्ताव, सर्वोच्चमा रिट हाल्नेदेखि निर्वाचनमा सहकार्य गर्नेसम्ममा कांग्रेसको दृष्टिकोण माग

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँग प्रतिनिधिसभा विघटनको निर्णय उल्टिए सरकार र निर्वाचनमा जानुपर्ने अवस्था आए संयुक्त चुनावी सहकार्यका लागि प्रस्ताव गरेका छन् । कांग्रेसले सोमबार बोलाएको सर्वदलीय बैठकमा दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध तत्काल सर्वोच्च अदालतमा सामूहिक रिट दिने र साझा कार्यक्रमका साथ सडक संघर्षमा उत्रिने प्रस्ताव पनि राखेका छन् ।

Read more

दाङमा टिकटक बनाउने क्रममा झोलुंगे पुलबाट खसेका युवकको मृत्यु

दाङमा  टिकटक बनाउने क्रममा  झोलुंगे पुलबाट खसेर  गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु  भएको  छ।

Read more

नेकपाका दुई अध्यक्षले गरे आफ्ना पक्षका सांसदलाई छुट्टाछुट्टै सम्बोधन

एकतापछि पार्टीको सचिवालयका ७५ वटा सचिवालय बैठक भए। कुनै बैठकमा पनि देश र जनतासँग सम्बन्धित विषयमा छलफल गर्न राजी हुनुभएन। मेरा मान्छेलाई खोइ, मलाई खोइ, उधारो होइन हाताहाती चाहिन्छ भन्ने स्वार्थमा मात्रै उहाँहरू घेरिनुभयो। तीन महिनामा सक्ने भनिएको पार्टी एकतामा पनि प्रचण्डले सिन्को भाँच्न सकेनन्।

Read more

कमल थापाले भने कुशासनको दोस्रो श्रृङ्खला शुरू गर्नुभन्दा ताजा जनादेशमा जानु उत्तम विकल्प

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिका लागि ताजा जनादेशमा जानु उत्तम विकल्प भएको बताएका छन्।

Read more

संसद विघटन भए संगै नेकपा बझाङको अंक गणितिय हिसाब सुरु

सरकारले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी नेकपा मा अहिले केन्द्र देखि जिल्लास्तर सम्म नेता कार्यकर्ता बिभाजित भएका छन् ।

Read more

प्रचण्ड र माधव नेपालको चर्को आलोचना सहित गरे प्रधानमन्त्री केपी ओलीले देशबासिका नाममा सम्बोधन - पूर्णपाठ

प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् । ‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार र भ्रमहरु निराधार छ’ उनले भने, ‘राजनीतिक स्थिरताको प्रत्याभूति गर्ने निर्णायक तत्व जनताको अभिमत हो । तसर्थ कुन कुरामा नअल्मलिई आम निर्वाचनको तयारीमा जुट्न आहृवान गर्दछु ।’

Read more

प्रचण्डको त्यो अन्तर्वार्ता जसले ओलि लाई अझै बिझाउँछ

सोमबार देशबासीको नाममा सम्बोधन गदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको एक वाक्यको अर्थ निकै गहन छ ।

Read more

ओली–भण्डारीको भस्मासुर पथ

आफ्नो पार्टीको अन्तर्कलह व्यवस्थापन गर्न अक्षम भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटनको असंवैधानिक अस्त्र रोजेका छन् । संविधानले निषेध गर्दागर्दै पनि ‘आफ्नै अहम्‌को धारा’ प्रयोग गरेर प्रधानमन्त्रीबाट भएको यो कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि उचित सोच–विचारबिनै अनुमोदन गरिदिएकी छन् ।

Read more

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले संसद् विघटनबारे के लेखे ?

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेको विषयलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि प्रमुखताका साथ प्रस्तुत गरेका छन् ।

Read more

प्रधानमन्त्रीलाई एकै चरणमा चुनाव गराउन निर्वाचन आयोगको सुझाव

निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार निर्वाचन आयोगका पदाधिकारीलाई बालुवाटार बोलाएका थिए ।

Read more

प्रतिनिधी सभा विघटन भएसँगै अबका सम्भावित ५ राजनीतिक दृश्य

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधी सभा विघटन गर्ने सिफारिस गरेपछि नेपालमा फेरि राजनीतिक अस्थिरताको सुरुवात भएको छ । संविधान बनाउँदा राजनीतिक स्थिरता नहोस् भनेर प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट प्रावधान राखिएको थिएन । तैपनि प्रधानमन्त्री ओली आफू कमजोर भएपछि संसद विघटन गरी नयाँ चुनावमा जाने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले लिएको यो बाटोले नेपाललाई फेरि राजनीतिक अस्थिरतातर्फ लगेको छ । प्रधानमन्त्री ओलीले गरेको यो निर्णयको संवैधानिक र कानूनी वैधता के हुन्छ भन्ने प्रश्न उठेको छ । सरकारको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरिसकेको यस अवस्थामा अबको राजनीतिक अस्थिरता कता मोडिन्छ अथवा, प्रतिनिधी सभाको विघटनको घोषणाले अब के के हुन सक्छ त ?

Read more

संसद विघटन : वैशाखमा आम निर्वाचन गर्ने प्रधानमन्त्रीको प्रस्ताव

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनकाे सिफारिस गरेसँगै २०७८ काे वैशाखमा आम निर्वाचन गर्ने प्रस्ताव अघि सार्नु भएकाे छ ।

Read more

नवौं नेपाल लिटरेचर फेस्टिभल भर्चुअल हुने

आईएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण पुस १४ र १५ गते भर्चुअल रूपमा पोखरामा आयोजना हुने भएको छ ।  आयोजक संस्था बुकवर्म फाउन्डेसनले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी फेस्टिभलबारे जानकारी दिएको हो । पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा भने शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुने छ ।

Read more

जनकपुरका लागी उडेको जहाज पोखरा पुग्यो, एयरहोस्टेसले भन्दै थिइन्, ‘यात्रु महानुभावहरू हामी जनकपुर विमानस्थलमा आइपुगेका छौं । बाहिरको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ’

काठमाडौंबाट जनकपुरतर्फ उड्नुपर्ने बुद्ध एयरको ‘माइक यांकी’ एटीआर विमान शुक्रबार जब पोखरा विमानस्थलको धावनमार्गमा अवतरण हुँदै थियो, एयरहोस्टेस लुमन्ती मानन्धर भन्दै थिइन्, ‘यात्रु महानुभावहरू हामी जनकपुर विमानस्थलमा आइपुगेका छौं । बाहिरको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ।’

Read more

ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु - बैतडी

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नं ९ असुरपाबाट मेलौलीतर्फ आउँदै गरेको सुप प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

Read more

धनगढी बसपार्क प्रहरीलाई आदर्श नव यूवा क्लवद्धारा स्वास्थ्य सामाग्री सहयोग

धनगढीको आदर्श नव यूवा क्लवले धनगढी बसपार्क प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । धनगढी उप–महानगरपालिका वडा नं – ५ मा रहेको आदर्श नव यूवा क्लवले धनगढी बसर्पाकमा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

Read more
Page 98 of 132