Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ११ मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

पीएम कप सुदूरपश्चिम छनौटको पहिलो दिनको खेलामा अछाम र डडेल्धुरा विजयी

प्रधानमन्त्री कप(पीएम) एकदिवसीय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिमको पुरुष टोलीको प्रदेशस्तरीय छनौट प्रतियोगितामा कञ्चनपुरमा सुरु भएको  छ। आज भएका खेलमा अछाम र डडेल्धुराले विजयी शुरुवात गरेका छन्।

Read more

इतिहासको आँखामा ‘एक अत्याचार’

६० वर्षअघिको एउटा मिति (पुस १, २०१७) नेपाली इतिहासमा एउटा काल विभाजकको रूपमा अंकित छ । त्यो मिति एउटा काल विभाजक मात्रै नभएर लोकतन्त्रको विपरीतार्थी विम्ब भएर बसेको छ । त्यस दिन राजा महेन्द्रले प्रजातन्त्रको गतिलाई उल्टो दिशामा धकेलिदिए, २००७ सालको क्रान्तिको बलात् अपहरण गरे ।

Read more

अवैध कुखुरासहित बुझाइएको व्यक्तिलाई भगाइएपछि प्रहरी कार्यालय घेराउ - धनगढी

धनगढीका स्थानीयले शुक्रबार राति अवैध कुखुरासहित एक जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए।

Read more

प्रहरीद्धारा सुनका गहना नलगाउन आग्रह

सुनको गहना लगाएकै कारण स्कुले बालिकाको हत्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खार्सा क्षेत्रको फैक्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको रु १० हजार बराबरको सुनको मुन्द्राकै कारण यही मङ्सिर २१ गते ज्यान गुमाउन परेपछि यस्ता घटना रोक्न रसुवा प्रहरीले गहना पहिरन गर्ने वा गराउने कार्य न्यूनीकरण गर्ने अभियान शुरू गरेको हो ।

Read more

प्रधानमन्त्री केपी ओली ले आह्वान गरेका संवैधानिक परिषद्को बैठकमा देउवा नजाने

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएका संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।

Read more

कोरियोग्राफर रेमोलाई हृदयघात

बलिउड कोरियोग्राफर तथा फिल्ममेकर रेमो डिसुजालाई शुक्रबार दिउँसो २ः३० बजे हृदयघात भएको छ । त्यसपछि उनलाई कोकिलाबेन अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उनको एन्जियोप्लास्टी सर्जरी गरिएको बताइएको छ ।

Read more

प्रकाश सुवेदीलाई नायिका स्वस्तिमाले भनिन्, ‘बरु बुढा बोकेर हिँडिन्छ, तिम्रोमा अन्तर्वार्ता दिन आइन्नँ’

सञ्चारकर्मी प्रकाश सुवेदीको रजतपट विभिन्न कारणसहित विवादमा छाइरहन्छ । पछिल्लो पटक भने यसमा नायिका स्वस्तिमा खड्का तानिएकी छिन् ।

Read more

हात फैलाउँदै सरकार, कोरोना खोप किन्न

कोरोना खोप खरिद गर्न चाहिने रकम जोहो गर्न सरकारले व्यक्तिगत र संस्थागत सहयोग उठाउने भएको छ । यसअघि निष्क्रिय राष्ट्रिय खोप कोष नियमावलीमा रहेको व्यवस्था कार्यान्वयन गर्दै सहयोग जुटाउन लागिएको हो । कोषमा सरकारले निश्चित रकम राखेर दाताहरूलाई सहयोगका लागि आह्वान गर्न लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने दातृ निकायहरूलाई आग्रह गरिसकेका छौं,’ मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले भने, ‘दाताले स्वास्थ्यका अन्य क्षेत्रमा दिने सहयोग पनि कोषमा राख्ने व्यवस्था गर्न लागेका छौं ।’

Read more

तरकारी माग्न आइरहन्थे हत्या गर्नेहरू

विराटनगरबाट ८६ किलोमिटर उत्तर–पूर्वको नुनसरी बक्राहा घाटमा बिहीबार शिक्षक राजेन्द्रकुमार श्रेष्ठको दाहसंस्कार गरिँदा गाउँले भावविह्वल देखिन्थे । बस्तीभन्दा ७ घण्टा पैदल तल आएर अन्त्येष्टिमा सहभागी भएकाहरूले श्रेष्ठलाई दागबत्ती दिनुअघि घाँटी रेटिएको, टाउकामा चोट र जीउमा नीलडाम भएको शव हेर्नसमेत सकिरहेका थिएनन् । गाउँका अगुवाको असामयिक अवसानको जति चिन्ता थियो, अब गाउँमा बस्न गाह्रो हुने हो कि भन्ने भय पनि त्यति नै देखिन्थ्यो ।

Read more

एसिड प्रहार गर्ने र बेच्नेविरुद्ध तीन कसुरमा मुद्दा

पत्नी र छोरीमाथि एसिड प्रहार गर्ने युवक र एसिड बिक्री गर्ने पसलेविरुद्ध तीन कसुरमा जिल्ला अदालत, धनुषामा मुद्दा दर्ता गरिएको छ । जनकपुरधाम उपमहनगरपालिका–१२ का सञ्जीव साहले २९ कात्तिकमा पत्नी आरतीमाथि एसिड प्रहार गरेका थिए । आरतीसँगै रहेकी तीन वर्षीया छोरीको जिउमा पनि एसिड परेको थियो । यसमा मुख्य अभियुक्त सञ्जीव र एसिड बेच्ने पसले नागेन्द्र साहलाई सहयोगी बनाएर मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय, धनुषाले जनाएको छ ।

Read more

नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई कोरोना विरुद्धको खोप दिने तयारी

नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण नगरिएको र उनीहरुबाहेक सबैलाई खोप लगाउने योजना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।

Read more

खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताको साढे ८७ लाख अनियमितता

खोटाङको साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ताबापत एक वर्षमा झन्डै साढे ८७ लाख रुपैयाँ अनियमितता भएको खुलेको छ ।

Read more

विश्वभर फेसबुक मेसेन्जर डाउन, सामाजिक सञ्जालमा प्रयोगकर्ताले पोखे रिस

फेसबुक मेसेन्जर डाउन भएको छ । विश्वभरका थुप्रै प्रयोगकर्ताले यस एपमा समस्याको सामना गरिरहेका छन् ।

Read more

विज्ञ भन्छन्- स्कुल खोल्न नहतारिऔं

काठमाडौं उपत्यकामा तत्काल विद्यालय खोले कोभिड–१९ को संक्रमण झन् फैलिने र मृत्युदर पनि बढ्ने उच्च जोखिम देखिएको छ । यसले मुलुकमा सम्भावित मानिएको कोभिडको दोस्रो लहर ल्याउने विज्ञहरूको भनाइ छ । उनीहरूले कोभिडको उच्च जोखिम समूहलाई खोपको व्यवस्था नभएसम्म विद्यालय खोल्दा थप जटिलता आउन सक्ने बताएका छन् ।

Read more

प्रधानाध्यापकको हत्यापछि गाउँ त्रसित

मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्या गरिएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । प्रधानाध्यापक श्रेष्ठको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरणपछि घाँटी रेटेर हत्या गरेका थिए । सुराकीको आरोपमा हत्या गरिएको नेकपाले जनाएको छ ।

Read more

जयनगर–कुर्था रेल्वे ट्र्याकका १८ हजार क्लिप सञ्चालन नहुँदै चोरी

जयनगर–कुर्था रेल्वे सञ्चालनमा नआउँदै रेल गुड्ने ट्र्याकका करिब १८ हजार क्लिप चोरी भएका छन् । क्लिपले रेलको पटरी र लिकलाई जोडेर राख्नुका साथै रेल चल्दा पटरीमा सन्तुलन कायम गर्ने काम गर्छ ।

Read more

अग्लिँदैछ सगरमाथाको उचाइसँगै नेपाल र चीनको सम्बन्ध

विश्वको सबैभन्दा अग्लो हिमालको उचाइमा दुई देशले जनाएको सहमतिले चीन र नेपालबीच पछिल्लो समय न्यानो हुँदै गएको सम्बन्धलाई पनि संकेत गर्छ । चीन र नेपालका अधिकांश सिमाना उच्च हिमाली भूभागमा  छन्, सोही क्षेत्रमा रहेको सगरमाथालाई नेपाल सरकारले प्रतिष्ठाको विषय मान्ने गर्छ । सोही हिमालको उचाइ नाप्न दुई देशले सहकार्य गरेका थिए ।

Read more

यी ६ खानेकुरा खानाले जाडोयाममा हुनेछ फाइदै फाइदा

चिसो मौसममा सधैं केही तात्तातो खानेकुरा खान मनपर्छ । यो मौसममा तारेको, भुटेको खानेकुराको सेवन हामी बढी गर्छौं जसका कारण पेटमा विभिन्न प्रकारको समस्या देखिन थाल्छ । जाडोयाममा खाली पेटमा केही खानेकुरा खाँदा यसले शरीरलाई निकै फाइदा पुर्याउँछ । यस्ता खानेकुराले तपाईंलाई दिनभरी ऊर्जावान् राख्छ, शरीरलाई तातो बनाइराख्छ र तपाईंको तौललाई पनि नियन्त्रण गर्छ । आउनुहोस्, यस्ता खानेकुराबारे जानकारी लिऔंः

Read more

अत्तरियामा उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कुँवरलाई सम्मान

नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा निर्वाचित पुष्पराज कुँवरलाई अत्तरियामा सम्मान गरिएको छ ।

Read more

सञ्चारकर्मीहरुको प्रेस पास नवीकरण अब जिल्ला हुलाकबाटै हुने

देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि जिल्लास्थित हुलाक कार्यालयहरुबाटै हुने भएको छ ।

Read more

सडक निर्माण कार्य अलपत्र छाड्ने ठेकेदारको फोटो चोक चोकमा टाँसियो - कञ्चनपुर

कञ्चनपुरमा हुलाकी सडक निर्माण कार्य अलपत्र छाड्ने ठेकेदार हराएको भन्दै उनीहरुको फोटो बेलौरीको चोक चोकमा टाँसिएको छ। निर्माण सम्पन्न म्याद सकिँदा पनि काम पुरा नभएको भन्दै स्थानीयले ठेकेदारको फोटो सार्वजनिक स्थानमा टाँसेका हुन।  कञ्चनपुरको डोकेबजार–कालिका–बेलौरी–बेल्डाँडी–दैजी हुँदै महेन्द्रनगर जोड्ने हुलाकी सडक अहिलेसम्म कालोपत्रे भएको छैन। आर्थिक वर्ष २०७२/०७३ मा सो सडक निर्माण सुरु भएको थियो।

Read more

नेपालमा राजसंस्था पुनर्वाहाली : राजसंस्थाका पक्षपातीको भर: सडक, संसद्, ‘सम्राट’ कि सेना

प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको सर्वदलीय बैठकमा प्रमुख दलहरू सरकारप्रति चरम असन्तुष्ट सुनिए पनि गणतन्त्रप्रति प्रतिबद्ध देखिए। तर देशका विभिन्न स्थानमा सडकमा लगातार भइरहेका प्रदर्शनका अगुवाहरू हौँसिएका छन्। उनीहरूले उक्त बैठकलाई सडकले सृजना गरेको दबावको रूपमा लिएका छन्। उनीहरू गणतन्त्रवादीको चौतर्फी बर्चस्वबीच यही परिस्थितिमा राजसंस्था पुनर्स्थापना कसरी सम्भव देख्छन्? राजसंस्था र हिन्दू राष्ट्रको पक्ष अनि सङ्घीयताको विपक्षमा भइरहेका प्रदर्शनको अगुवाइ गरिरहेका फरक-फरक संस्था, दल र सङ्गठनहरूका दृष्टिकोण पनि फरक छन्।

Read more

कुरियर सेवा प्रदायक कम्पनि 'द गरुडा एक्सप्रेस' को धनगढी शाखा बाट सेवा शुरु

धनगढी । कैलालीमा 'द गरुडा एक्सप्रेस' प्रा.लिले आफ्नो पहिलो शाखा विस्तार गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका एलएन चौकबाट गरुड़ एक्सप्रेस ले सेवा दिन थालेको हो । विगत २ बर्षदेखि काठमाण्डौंबाट सेवा प्रदान गर्दै आएको एक्सप्रेसले सुदूरपश्चिममको धनगढीमा शाखा विस्तार गरेर सेवा दिन थालेको हो ।

Read more

फेरी एक भयो साझा र विवेकशील पार्टी

साझा पार्टी र विवेकशील नेपाली दलबीच बुधबार औपचारिक रुपमा पुनः एकता घोषणा भएको छ। दुई वर्षअघि फुटेका दुबै दलबीच बुधबार पुनः एकता घोषणा भएको हो। एकता घोषणापत्रमा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले हस्ताक्षर गरेका छन्।

Read more
Page 101 of 132