Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १८ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफे हाटबजारका आगलागी पीडितलाई राहत वितरण साँफे हाटबजारका आगलागी पीडितलाई राहत वितरण चैतन्य पाठशालाको प्लस टु भवन उद्घाटन सम्पन्न चैतन्य पाठशालाको प्लस टु भवन उद्घाटन सम्पन्न गितालाई वाक नेपालको WECRP परियोजना टिमले गर्यो १९ हजार को सहयोग गितालाई वाक नेपालको WECRP परियोजना टिमले गर्यो १९ हजार को सहयोग प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता सम्पन्न तीन स्वर्ण सहित अछाम तेस्रो प्रथम सुदूरपश्चिम प्रदेश कराते प्रतियोगिता सम्पन्न तीन स्वर्ण सहित अछाम तेस्रो वीपी कोइराला राष्ट्रिय पुरस्कार अछामका नयनसिंह कडायत सहित चार जना स्रष्टालाई वीपी कोइराला राष्ट्रिय पुरस्कार अछामका नयनसिंह कडायत सहित चार जना स्रष्टालाई साँफेबगरका आगलागी पीडितलाई चौरपाटी गाउँपालिकाले  २ लाख दिने साँफेबगरका आगलागी पीडितलाई चौरपाटी गाउँपालिकाले २ लाख दिने विपद व्यवस्थापन सम्बन्धि २ दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु विपद व्यवस्थापन सम्बन्धि २ दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु अछामको मुजाबगरमा  रामारोशन पर्यटन, कृषि, व्यापार तथा साँस्कृतिक महोत्सब  हुने अछामको मुजाबगरमा रामारोशन पर्यटन, कृषि, व्यापार तथा साँस्कृतिक महोत्सब हुने गिताको घर निर्माणका लागी तरुण दलका क्षेत्रिय सभापति कडायतले गरे १५ हजार बढिको सहयोग गिताको घर निर्माणका लागी तरुण दलका क्षेत्रिय सभापति कडायतले गरे १५ हजार बढिको सहयोग आफ्नो घर भत्काउन दिएर आगोबाट बजार बचाएकि गिता आफ्नो घर भत्काउन दिएर आगोबाट बजार बचाएकि गिता

जोखिम मोलेर गाउँमै पुगेर सेवा दिँदै स्वास्थ्यकर्मी

जोखिम मोलेर गाउँमै पुगेर सेवा दिँदै स्वास्थ्यकर्मी

मंगलसेन नगरपालिका –७ मा रहेको जनालीबण्डालीमा कार्यरत सिनियर अनमी धनसरा ढुंगाना स्वास्थ्य सेवामा प्रवेश गरेको १५ वर्ष भयो । यो अवधिमा उनले धेरै ठाउँमा पुगेर सेवा दिइन् । ग्रामीण भेगमा धेरै सेवा दिएकी उनी अहिले पनि गाउँमै छिन् । स्वास्थ्य चौकीमा बस्दा गाउँमा मान्छेसँग राम्रो सम्बन्ध बनाएकाले उनलाई सरुवा हुँदा पनि भेट्ने धेरै छन् । अहिलेसम्म धेरैका ज्यान बचाएकी छन् । अरुलेभन्दा ग्रामीण भेगमा लाग्ने रोग र त्यहाँको अवस्थाबारे उनी बढि जानकार छन् । उनी जुन ठाउँमा गइन राम्रै सेवा दिइन् । गाउँमा जाँदा स्वागत गर्ने ,सत्कार गर्नेहरु आज उनैलाई देख्दा डराउन थालेका छन् । घरमा जाँदा परिवार डराउँछन् । कार्यक्षेत्रमा जाँदा सेवाग्राही डराउँछन् । यतिबेला नराम्रो लाग्छ’ उनले भनिन् ,‘परिवारबाट टाढा बसेर स्वास्थ्य चौकी जान्छु । छोराछोरी नजिक आउन खोज्छन् । सबैबाट जोगिनु परेको छ । पहिलेभन्दा अहिले कामको चाप बढेको छ ।’