हाम्रो बुलेटिन - सुचना को नयाँ आयम
(अछाम) स्थानीय स्तरमा नगरपालकाले नविकरण शुल्क आदि घटाउने तयारी गरेको मंगलसेन नगरपालिकाले जनाएको छ । कोरोना भाइरसको महामारीका कारण साना व्यवपार व्यवसायमा असर परेको कुरालाई मध्यननजर गर्दै नविकरण शुल्क घटाउन गरी नगरपालिकाकै राजश्व समितीले प्रतिवेदन तयार पार्न थालेको मंगलसेन नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र सोडारीले बताए ।
होटेल तथा पर्यटन व्यवसायी संघ अछामले चौध बुँदे माग राखेर जिल्ला प्रशासन कार्यालय अछाम मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सरकारले जारी गरेको लकडाउनले राष्ट्रको आर्थिक मेरुदण्डको रुपमा रहेको होटेल तथा पर्यटन व्यवसायी धरासायी हुने खतरा बढेको भन्दै संघले ज्ञापन पत्र बुझाएको हो ।
डोटीमा पहिरोमा परि ६ महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते
कक्षा ११ को बोर्ड परीक्षा नहुने
हामीलाई अक्षर चिनाउने देखि, बोल्न सिकाउने, हिंड्न सिकाउने, स्कूलमा, कलेजमा वा कुनै पनि ठाउँमा सहि मार्ग देखाउने ती सबै गुरु हरु लाई आज यस महान गुरु पुर्णिमा को दिन सत सत प्रणाम । जय गुरु देव !
नेपालमा पछिल्लो २४ घण्टामा थप २७२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप २७२ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको बताए।
अछाममा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
धनगढी : बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा गएको पहिरोमा पुरिएकाको उद्धार गर्न गएको सेनाको गाडी नै दुर्घटनामा परेको छ। घटनास्थल नजिकै पुगेको सेनाको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले जानकारी दिए।
रामारोशन गाउँपालिकामा भीरबाट खसेर शुक्रबार एक पुरुषको ज्यान गएको छ । वडा नम्बर ५ का ३६ बर्षीय लोकेन्द्र रोकायाको शुक्रबार पडिपाखा भीरबाट खसेर ज्यान गएको हो ।
डोटीका पत्रकार तेजबहादुर खड्का (तेजु) मृत भेटिएको घटनाबारे सत्यतथ्य छानबिन माग गर्दै नेपाल प्रेस युनियनले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएको छ।
धनगढी : सुदूरपश्चिम प्रदेशमा थप ३९ जनामा कोरोना पुष्टि भएको छ। धनगढीमा शुक्रबार भएको परीक्षणमा ९ महिला र ३० पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति बैठक पार्टी फुटको प्लेटफर्म बन्न सक्ने खतरा रहेको बताएका छन्।
अछाममा थप ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको निर्णायक भनिएको वार्ता निकै छोटाे भएको छ ।
दाङको तुलसीपुरमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी करिब २२ वर्षीया युवती एसिला गौतमले बिहीबार बिहान घरकै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् । युवतीले राति साढे १ बजेतिर आत्महत्या गर्न लागेको सूचना पाएपछि तुलसीपुरबाट इन्सपेक्टर झलकप्रसाद शर्माको कमाण्डमा प्रहरी टोली रानीजरुवा प्रस्थान गरेको थियो । तर, घर पत्ता लगाउन नसक्दा बिहीबार बिहान ३ः३० बजेमात्र प्रहरीको टोली युवतीको घरमा पुगेको थियो । कोठाभित्र युवती सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
धनगढी : नागरिकस्तरबाट चन्दा संकलन गरी खरिद गरिएको पीसीआर मेसिन डडेल्धुरामा जडान गरिएको छ। ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्धारा चन्दा संकलन गरी खरिद गरिएको मेसिन डडेल्धुरामा जडान गरिएको हो।
कैलालीको भासु भीर नजिक स्कारपियो दुर्घटना भएको छ। से १ च २२८० नम्वरको स्कारपियो दुर्घटना भएको हो। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का केशव बहादुर बमको स्कारपियो बडिकेदारबाट धनगढी आउँदै गर्दा कैलालीको चुरे गाउँपालिकास्थित भासु भीर नजिक दुर्घटना भएको हो।
रामारोशन गाउँपालिका -४ बाटुलासेनमा रहेको गोगन छडा लघु जलविद्युत परियोजना पाँच महिनादेखि बन्द भएको छ । सो परियोजनामा रहेको ट्रान्समिटर बिग्रिदा पाँच महिनादेखि विद्युत अवरुद्ध भएको स्थानीयले बताएका छन् ।
वेपत्ता पत्रकार तेजु खड्काको नि’धन पुष्टि भएपछि नेपाल प्रेस युनियन अछाम शाखाले शो’क व्यक्त गरेको छ । प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्ष समेत रहेका खड्काको नि’धन प्रति दुख व्यक्त गर्दै युनियन अछामले श्र’द्धाञ्जली व्यक्त गरेको हो ।
साँफेबगर नगरपालिका -९ बुढाकोटको १३ वटै टोल सडक संजालसँग जोडिएका छन् । वडाका जनप्रतिनिधिले सवारी साधन किन्ने पैसाले स्थानीयको आवस्यकतालाई मध्यनजर गरेर सडक संजालसँग जोडेको वडा अध्यक्ष धुर्व थापाले बताउनुभयो ।
अछाममा एकै दिन ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ कार्यालय अछामका सूचना अधिकारी देव जोशीका अनुसार , साँफेबगर नगरपालिकाका ४ जना र रामारोशन गाउँपालिकाका ८२ जना गरि ८६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको हो । बुधबार ८६ जना थपिएसँगै अछाममा कोरोना संक्रमीतको संख्या २७६ पुगेको छ ।
जिल्ला समन्वय समिति अछामले यहाँका १० वटै स्थानीय तहमा मास्क र सेनिटाइजर वितरण गरेको छ । जिल्लामा समन्वय समितिका प्रमुख नरबहादुर कुँवरको नेतृत्वमा क्षेत्रमा नम्बर १ का पाँच वटा स्थानीय तह र उपप्रमुख टोपबहादुर रावलको नेतृत्वमा क्षेत्र नम्बर २ का पाँच वटा स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गरिएको हो ।