बि’छि’प्त पार्ने त्यो तस्बिरः जो भारतबाट घर फर्किए, आँगन टेक्न पाएनन्
पुचौंडीको हाट बशन्तपुरस्थित बजारमा पुगेपछि उनलाई भोक लाग्यो। चाउँमिन खान खोजे। पसलेले चाउमिन दिए, प्लाष्टिकमा पोको पारेर। एक बोत्तल पानी साथमै थियो। उनी बजारमा रोकिएनन्, हतारिदैं छिटछिटो पाइला सारे। क्वाप, क्वाप चाउमिन खाँदै बाटो नापिरहेका थिए। धेरै कोही संग बोलेनन्, अनुहारको रंग फुङग उडेजस्तो थियो। उनको हतास भावभंगी देखेर मात्रै स्थानीय पसलेको ध्यान खिचिएको थियो। ती पसलेले अलि पर पुग्दासम्मै उनलाई हेरिरहेका थिए।