कोरोना: बहुचर्चित बेसार र प्रधानमन्त्रीको बालहठ
हामी नेपाली भौगोलिक विशिष्टता र विविधतामा छौं, यो कुरा आम नेपालीलाई अवगत नै छ। आम नेपाली परिवेशमा बेसार मात्र होइन, औषधिजन्य अन्य जडीबुटीयुक्त मरमसलाहरू नहालेर नपकाएको र नखाइने खाना, खानेकुरा बिरलै होला नेपालीको भान्छामा - त्यो पनि परापूर्व काल देखिनै अविछिन्न रुपमा । हामी नेपाली जतिसुकै सहरिया भएपनि, स्वदेशमा रहँदा वा विदेशमा रहँदा पनि - जडीबुटीयुक्त मरमसला हाम्रा जीवनपद्धति जस्तै हुन् , जीवनयापनका अति महत्वपूर्ण परिपूरक तत्व हुन् भन्नलाई अतिशयोक्ति नहोला ।