परोपकारी काममा धनगढीका युवा, ‘हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ’
बिगत केही दिन बाट धनगढीका युवाले कोरोना भाइरस (कोभिड-१९) को प्रभावमा परेका पिडितलाई फुड बैंक धनगढी नामक अभियान संचालनगरी राहत बितरण गर्दै आएका छन् । उनिहरुको यो अभियान देशकै नमुना अभ्यास समेत रहेको बताएका छन् । हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ भन्ने नारा का साथ सन्चालन गरिएको फुड बैंकमा अधिकांसले चामल,दाल,नुन,तेल,चाउचाउ सहयोग गरेका छन् ।