लोप हुँदै खोलाका पानी घट्ट
अछाममा परम्परादेखि सञ्चालन हुँदै आएका खोलाका पानी घट्ट पछिल्लो समयमा लोप हुन थालेका छन् । गाउँमा बिजुली बत्ती पुगेसँगै मिल सञ्चालन भएपछि पहिलेका पुस्ताले गहुँ, कोदो, मकै, फाँपर पिस्न प्रयोग हुने ती खोलाका पानी घट्ट पछिल्लो समय बिस्तारै लोप हुन थालेका हुन् ।