धुजा बने नरहरिनाथका कृति
पशुपति मृगस्थलीस्थित योगी नरहरिनाथको आश्रममा रहेका उनका कृति धुजाधुजा भएका छन् । वेद, वेदान्त, पुराण, पुरातत्त्व, इतिहास, कला, साहित्यजस्ता विषयको अन्वेषण गरेर उनले पुस्तक लेखेका थिए । योगी नरहरिनाथबारे बहस चलाइरहेको बृहत् आध्यात्मिक परिषद्का अनुसार योगीले ५ सय ७१ पुस्तक लेखेका थिए । त्यसमध्ये ३ सय ९५ पुस्तक प्रकाशित छन् भने १ सय ७६ वटा अप्रकाशित अवस्थामा छन् ।