राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एवम समाजसेबी कुवँरद्धारा जिल्लाका दुई अस्पतालाई स्वास्थ्य सामाग्री प्रदान
                                    राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य एवम समाजसेबी एकिन्द्र कुवँरले बयालपाटा असपताललाई व्यक्तीगत सुरक्षाका सामाग्री तथा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । कुवँरको नेतृत्वमा २५ लिटर हेण्ड सेनिटाईजर, ५ पिस थर्मगन, ३५ पिपिई सेट, ५०० जोडा पञ्जा, एक हजार पिस मास्क, २० पिस सर्जिकल क्याप लगायतका स्वास्थ्य सामाग्री बयालपाटालाई हस्तान्त्ररण गरेका हुन् ।