Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ११ मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

अनलाइन राजस्व प्रणाली प्रभावकारी बन्दै

काठमाडौँ महानगरपालिकाले अनलाइन प्रणालीमार्फत रु ४३ करोड २६ लाख  ५५ हजार ५७२ राजस्व असुल गरेको छ । गत असोज १ गतेदेखि अनलाइनमार्फत राजस्व सङ्कलन कार्य शुरु गरेको कामपाले सबैभन्दा बढी वहाल करमा रु २१ करोड ५० लाख असुल गरेको छ । त्यसैगरी सम्पत्ति करमा रु १० करोड ७१ लाख र व्यवसाय करमा रु चार करोड ४४ लाख असुल गरेको कामपाले जानकारी गराएको छ ।

Read more

नारायण दाइको पहिलो स्रोता म !

त्यसबेला म्युजिक नेपालले स्टूडियो स्थापनाको गरिसकेको थियो, कालिकास्थानमा । म त्यहीँ थिएँ । निजी क्षेत्रको म्युजिक स्टूडियो भएकोले गीत संगीतका क्षेत्रमा लागेकाहरू त्यहाँ आइरहनु हुन्थ्यो ।

Read more

मंसिर २९ गते देशभरि सरकारविरुद्ध नेपाली कांग्रेस सडकमा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकारको पछिल्लो कदमविरुद्ध सडकमा उत्रने भएको छ। कोरोना भाइरसको नियन्त्रण र त्यसले निम्त्याएको असहजताबाट मुलुकलाई उतार्नुको सट्टा लोकतान्त्रिक शासन व्यवस्थाको खिल्ली उडाउँदै फरक मत राख्ने राजनीतिक दललाई निषेध गर्न थालेको ठहर गर्दै कांग्रेसले सरकारविरुद्ध सडकमा उत्रने निर्णय गरेको हो।

Read more

लुम्बिनी प्रदेश सरकारले उद्यमीलाई शून्य ब्याजदरमा करिब डेढ अर्ब ऋण दिँदै

लुम्बिनी प्रदेश सरकारले उद्यमी विकासका लागि ब्याज अनुदानमा करिब डेढ अर्ब ऋण दिन थालेको छ। कोरोना महामारीपछि उत्पन्न बेरोजगारी समस्या न्यूनीकरण गर्दै स्वदेशमै उद्यम विकास गर्ने योजनासहित शून्य ब्याजदरमा ऋण दिन लागिएको हो।

Read more

हुम्लामा बिरामी बोकेको जीप दुर्घटना– ४ जनाको मृत्यु, ७ जना घाइते

कर्णाली प्रदेशको हुम्ला जिल्लामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको दुर्घटनामा अन्य ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।

Read more

कोरोनाविरुद्ध खोपको नमुना लिएर रुसी टोली नेपाल आउँदै

रुसले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिनको नमुना लिएर रुसी कूटनीतिक टोली नेपाल आउने भएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा खेम कार्कीले आगामी हप्ता रुसी  कुटनीतिक टोली नेपाल आउने जानकारी दिएका हुन्। टोलीले कोरोना विरुद्धको खोपको नमुनासमेत ल्याउने उनको भनाइ छ।

Read more

२९ गते नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध २९ गते देशव्यापी आन्दोलन गर्ने भएको छ ।

Read more

३५ हजार रुपैयाँ घुससहित सशस्त्र प्रहरीका सहायक हवल्दार पक्राउ

सशस्त्र प्रहरी बल, बोर्डर आउट पोस्ट कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई अख्तियारले घुससहित शुक्रबार पक्राउ गरेको छ ।

Read more

टी-२० सिरिजमा अष्ट्रेलियाविरुद्ध भारतको विजयी सुरुवात

केएल राहुलको अर्धशतक तथा डेब्यू गरेका टी नटराजनले तीन विकेट लिएपछि भारतले अस्ट्रेलियाविरूद्धको पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ११ रनको विजय हासिल गरेको छ।

Read more

सम्झना हत्याका फरार अभियुक्त १० घण्टामै पक्राउ गर्ने इन्स्पेक्टरसहित ४ प्रहरी पुरस्कृत

डोटीमा बालिका हत्याका अभियुक्त अस्पतालबाट फरार भएको १० घण्टामै पक्राउ गर्ने प्रहरी निरीक्षक (इन्सपेक्टर) सहितका ४ जना प्रहरी पुरस्कृत भएका छन्।

Read more

त्यसपछि कहिल्यै गाएनन् नारायणगोपालले रानी ऐश्वर्यका गीत

त्यतिबेला नगेन्द्र थापा, गोपाल योञ्जन र नारायणगोपालको त्रिवेणी बनिसकेको थिएन। तर, नगेन्द्र र गोपाल दार्जिलिङको एउटै कलेजमा पढ्थे र उनीहरुबीचको मित्रता प्रगाढ भइसकेको थियो। नगेन्द्रले त्यतिबेला गीतलाई छोएकै थिएनन् भने पनि हुन्छ। नगेन्द्र कविता लेख्थे। त्योभन्दा पनि अझ उनी मुक्तककारका रूपमा दार्जिलिङभर प्रसिद्ध थिए।

Read more

घर न घाटको बनायो, फेसबुकबाट शुरु भएको मायाले

फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले गरेकी थिइनन् ।

Read more

१० किलो चरेशसहित बैतडीमा १ जना पक्राउ

बैतडीमा १० किलो चरेशसहित १ जना पक्राउ परेका छन्।  सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले गएराति जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रबाट १० किलो लागु औषध चरेशसहित १ जनालाई पक्राउ गरेको हो।

Read more

आफ्नै दोहोरो शतकको रेकर्ड तोडे केन विलियम्सनले

न्युजिल्यान्डका कप्तान केन विलियम्सनले आफ्नै रेकर्ड तोडेका छन्। उनले टेस्ट क्रिकेटमा दोहोरो शतक बनाउँदै सर्वाधिक उच्च रनको आफ्नै रेकर्ड तोडेका हुन्।  पाहुना टोली वेष्ट इन्डिजविरुद्ध पहिलो पारीमै ५१९ रन बनाएपछि न्युजिल्यान्डले पहिलो इनिङ समाप्तीको घोषणा गर्‍यो। न्युजिल्यान्डको उच्च रनमा कप्तान केन विलियम्सनले उत्कृष्ट ब्याटिङ गर्दै आफ्नै रेकर्ड तोडे। कप्तान केनले २५१ रन बनाए।

Read more

सम्झनामा स्वाँर

नैनबहादुर स्वाँरलाई मैले चिन्दा उनी राष्ट्रिय पञ्चायतका अध्यक्ष थिए । म तनहुँको एउटा गाउँ पञ्चायतको उपप्रधानपञ्च थिएँ । चिनेको भन्न पनि नमिल्ला । तनहुँका राष्ट्रिय पञ्चायत सदस्य उमाभद्र खनालसँगै म उनको कार्यकक्षमा पुगेको थिएँ । सिंहदरबार, ग्यालरी बैठकसँगैका काठे घरमा अध्यक्षको कार्र्यालय थियो । कतै काम परेर जाँदा फुर्र्सद हुनेबित्तिकै उमाभद्र जीले मलाई पनि स्वाँरको कार्यकक्षमा लैजान्थे । सँगै गएपछि मेरो परिचय पनि उनैले दिन्थे । कहिले कहीँँ त मलाई नै लाज लाग्ने गरी प्रशंसा गरिदिने । यही क्रममा स्वाँर जीको कार्यालयमा जाँदा उनका कुरा सुन्ने गरेको हो ।

Read more

रक्सी खाएर लड्यो छोरो, बोक्सी लगाईस भन्दै कुटाई खानुपर्‍यो बुहारिले

रक्सी खाएर लडेपछि घाइते बनेको छोरालाई बोक्सी लगाएर विरामी बनाएको भन्दै बुहारीमाथि कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गढवाको टोलीले दाङ देउखुरीबाट आफ्नै भाईबुहारीलाई बोक्सीको आरोप लगाएर कुटपिट गरेको कसुरमा जेठाजु तिलकराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Read more

झ्याल फोरेर फरार भए बझाङकी सम्झनाको बलात्कार/हत्या आरोपित बोहरा

बझाङको मस्टा गाउँपालिकाकी १२ वर्षीया सम्झना कामीको बलात्कार/हत्या आरोपमा प्रहरीको नियन्त्रणमा रहेका राजेन्द्र बोहरा बिहीबार राति भागेका छन्।

Read more

अस्पताल शिलान्यासकै क्रममा ठाउँ-ठाउँमा विवाद - सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानीय तहमा मंसिर १५ गते नयाँ अस्पतालको शिलान्यास भयो । ५ स्थानमा शिलान्यास कार्यक्रममै विवाद हुँदा स्थगित पनि भयो ।बैतडीको पञ्चेश्वर गाउँपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका, बाजुराको बुढीगंगा र बुढीनन्दा नगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकामा शिलान्यास हुन सकेन ।

Read more

हुम्लाको सिमकोट विमानस्थलको कर्मचारी बस्ने घरमा आगलागी, एक कोठा जलेर नष्ट

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ।

Read more

मध्यपहाडी राजमार्गको काम कछुवा गतिमा हुँदै

पुष्पलाल मध्यपहाडी राजमार्गको दैलेख खण्डको काम कछुवा गतिमा सीमित रहेको छ । काम शुरु भएदेखिनै ट्र्याक खोल्ने, ग्राभेल गर्ने र पिच गर्ने चरणबद्धरूपमा हुँदै आएको भए पनि गतिमा ढिलाइ भएको छ ।

Read more

संसद बिघटन गरिदिन्छु, पार्टी फोडिदिन्छु, इमर्जेन्सी लगाइदिन्छु भनेर कोही तर्सिनेवाला छैन- माधव कुमार नेपाल

नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले कसैको धम्की र धमासबाट कोही नतर्सने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फोड्ने, संसद बिघटन गर्ने, संकटकाल लगाउने, अध्यादेश ल्याउने भन्दै धम्की दिने गरेको उल्लेख गर्दै कोही नतर्सने बताएका हुन् ।

Read more

मोनोरेल हैन काठमाण्डौमा धुवाँ धुलोदेखि सडकमा सकसको दुरावस्था : कहाँ पुग्यो विद्यासुन्दरको प्रतिवद्धता ?

संघीय राजधानी काठमाण्डौ सहर अस्तव्यस्त छ । धुवाँ धुलोदेखि सडकमा सकस यहाँको दुरावस्था हो । महानगरको अस्तव्यस्त यातायातलाई व्यवस्थित गर्न विद्यासुन्दर शाक्यले केबलकार, मोनोरेल तथा विद्युतीय स्मार्ट गाडीहरु सञ्चालनमा ल्याउने योजना अघि सारेका थिए । तर अहिले उनै शाक्यले मोनोरेल बिर्सिसकेका छन् ।

Read more
Page 103 of 132