Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, ११ मङि्सर २०८१
प्रचलनमा:
ताजा अपडेट

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

हाम्रो बुलेटिन

http://hamrobulletin.com/

अझैं प्रहरिको शंकाको घेरामा को छ ? निर्मला हत्या प्रकरण

नेपाल प्रहरी सबैभन्दा विवादित बनेको पछिल्लो समयको सबैभन्दा चर्चित घटना हो निर्मला हत्याकाण्ड ।  अनुसन्धानका लागि ठूलो जनशक्ति र स्रोत साधन परिचालन गरिएको भए पनि प्रहरीले निर्मलाका हत्यारा फेला पार्न सकेको छैन । ०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन् ।

Read more

दुईवटा भ्यान्टिलेटरको उद्घाटन भए संगै अब जिल्ला अस्पताल अछामलाई ५० शैयाको रूपमा विकास गरिने

जिल्ला अस्पताल अछामलाई ५० शैयाको अस्पतालको रूपमा विकास गरिने भएको छ । नेपाल सरकारले लिएको स्वास्थ नेपाली, समृद्ध नेपालको निति अनुरूप जिल्ला अस्पताल अछामलाई ५० शैयाको अस्पतालको रूपमा विकास गरिने भएको हो । बुधबार एक कार्यक्रमको अायोजना गरि जिल्ला अस्पताल अछाम ५० शय्या स्तरोन्नति सम्बन्धि घोषण कार्यक्रममा जानकारी गराईएको थियोे । सोही अवसरमा जिल्ला अस्पताल अछाममा ल्याईएका दुइवटा भ्यान्टिलेटरको समेत उद्घाटन गरिएको छ । भ्यान्टिलेटर सहितको सेवा उपलब्ध हुने भएपछि अछामी जनताका लागि निकै सहज हुने जिल्ला स्वास्थ्य कार्यालय अछामका बरिष्ठ जन स्वास्थ्य अधिकृत झनक राज ढुंगानाले बताए ।

Read more

कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

कैलालीको टीकापुर नगरपालिका–१ वन कार्यालय नजिक मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँका ४६ वर्षीय रमेश बिष्टको मृत्यु भएको छ।

Read more

रिहा भए कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ। पौडेलसहित पक्राउ कांग्रेस कार्यकर्ता सबै रिहा भएको तनहुँ कांग्रेसले जनाएको छ। अहिले पौडेल कार्यकर्तासहित दमौलीस्थित पार्टी कार्यालय पुगेका छन्।

Read more

१७ रुपैयाँमै ६० मिनेटको ‘टक टाइम’ : एनसेलले ल्यायो नयाँ भ्वाइस प्याक

एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि दुई वटा नयाँ भ्वाइस प्याक ल्याएको छ। यस अन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग सुलभ दरमा भ्वाइस सेवाको फाइदा लिन सक्नेछन्।

Read more

सरकारले ल्यायो स्टार्टअप व्यवसायीले २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म कर्जा प्रवाह कार्यविधि, २०७७

नवप्रवर्तनकारी उद्यम तथा व्यवसाय सञ्चालनका लागि सुरुवाती पुँजी उपलब्ध गराउने उद्देश्यले सरकारले नवप्रवर्तन सुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको छ ।

Read more

आयो मेरो कारोबार भन्ने उधारो कारोबारको झन्झटलाई हल गर्ने गज्जबको एप

साना तथा मध्यम आकारका पसल, व्यवसाय सञ्चालन गर्ने मानिसहरुका लागि बाँकी (उधाराे) को लेनदेन ठूलै चुनौती हो । दैनिक सयौं, हजारौं ग्राहकहरुसँग कारोबार गर्ने पसलेहरुका लागि कागजको ढड्डामा कारोबारको विवरण व्यवस्थापन गर्नु निकै झन्झटिलो काम हो ।

Read more

सातै प्रदेशमा खुल्यो सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुलाएको छ ।

Read more

जापानमा सबैले कोरोनाको भ्याक्सिन निःशुल्क पाउने

जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।

Read more

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भैई उपचारको लागी काठमाडौँ लागिएका रावलको निधन

अछाममा अरिङगाले टोकेर गम्भीर घाईते भएका पुरुषको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको छ ।

Read more

सेती लोकमार्गको काम, रुख कटानी अनुमतिपत्र नआउँदा रोकियो

मन्त्रिपरिषद्को स्वीकृतीमा वन मन्त्रालयले सेती लोकमार्गको कैलाली खण्डमा पर्ने रुख कटानी आदेश दिए पनि आधिकारिक रुपमा पत्र नपाउँदा काम अघि बढ्न सकेको छैन। गत मंसिर १० गते संघीय वन तथा भू–संरक्षण मन्त्रालयले सडक क्षेत्रमा पर्ने रुख कटानीका लागि आदेश दिएको थियो। तर सो सम्बन्धीआधिकारिक पत्र प्राप्त नभएकाले वनको अवरोधका कारण रोकिएको काम अगाडि बढ्न नसकेको बताइएको छ।  सडक निर्माणको ठेक्का पाएको स्वछन्द–नागार्जुन–बानिया जेभीले आधिकारीक अनुमतिपत्र नआएका कारण अन्यौल कायमैँ रहेको जनाएको छ।

Read more

प्रहरीको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान - धनगढी

अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोबिन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ८ जना कारागार चलान भएका छन्।  जिल्ला अदालत कैलालीमा मंगलबार भएको थुनछेक बहसपछि हत्या अभियोगमा पक्राउ परेका धनगढीकै ८ जना पुर्पक्षका लागि कारागार चलान भएको प्रहरीले जनाएको छ।

Read more

पठनपाठन सुरु भएपनि कोरोनाको त्रास कायमै

मंसिर ७ गतेदेखि कैलालीसहित सुदूरपश्चिमभरका विद्यालयमा पठनपाठन सुरु गरिएको छ। तर कोरोना भाइरस संक्रमणको जोखिम कायम रहेको भन्दै शिक्षकहरुले चिन्ता व्यक्त गरेका छन्।  विद्यालयमा विद्यार्थी र शिक्षकहरुले अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गरे पनि विद्यार्थीबीच भौतिक दुरी कायम गर्न चुनौती थपिएकोले कोरोनाको जोखिम बढेको हो।

Read more

नेपालको फ्रि वाइफाइ चलाउन आउँछन् भारतीय, भारतीय गाउँलाई मोबाइलमा नेपाली नेटवर्ककै भर

छाङरुमा इन्टरनेट चल्न थालेको दुई वर्ष भयो। भायनेटले दुई वर्षअघि कौवाभन्दा माथिको डाँडामा टावर राख्यो जसलाई स्थानीयले ज्याख्ती टावर भन्छन्। सरकारसँगको सम्झौताअनुसार भायानेटले यहाँको स्वास्थ्य चौकीलाई केन्द्रित गरेर नि:शुल्क इन्टरनेट सेवा दिइरहेको छ।

Read more

यसो गर, उसो गर भनेर तपाईंले निर्देशन दिने, मैले खुरुक्क मान्ने भन्ने हुन्छ ? - प्रचण्ड

पार्टी एकीकरणलगत्तै अन्तरसंघर्ष सुरू भएको नेकपाका शीर्ष नेताका पछिल्ला संवाद फुटकेन्द्रित बन्दै गएका छन् । आफूलाई एकताको पक्षधर बताउने अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नै कारण अहिलेसम्म पार्टी फुट्नबाट जोगिएको दाबी गर्ने अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आरोप–प्रत्यारोपको पारो दिनहुँ बढिरहेको छ । यो सिलसिलाले मंगलबार पनि निरन्तरता पायो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी सचिवालय बैठकमा अध्यक्षद्वयले एकअर्कामाथि दोषारोपण गर्दै यसअघि पेस गरेका प्रस्तावहरुलाई के गर्ने भन्नेमा विवाद हुँदा बाझाबाझको स्थिति बन्यो । ओलीले दाहालको प्रस्ताव फिर्ता हुनुपर्ने अडान राख्दै आउँदो महाधिवेशनसम्म कुनै पनि निर्णय बहुमत अल्पमतबाट नहुने दोहोर्‍याए । बहुमतबाट हुने निर्णय मान्न आफू तयार नरहेको भन्दै उनले बुधबारको बैठकमा उपस्थित नहुने जानकारीसमेत गराए । असन्तुष्ट नेताहरुले पार्टीको विधि, पद्धतिअनुरुप आएका प्रस्तावमा छिनोफानो गर्नुपर्ने भन्दै ओलीमाथि दबाब दिए । अधिकांश नेताले प्रस्तावका विषयलाई छलफलबाटै टुंग्याउनुपर्ने बताए भने ओली र उनी पक्षधरले बैठकबाट मात्र निकास नआउने भन्दै अनौपचारिक संवाद गर्नुपर्नेमा जोड दिए । महासचिव विष्णु पौडेलको जन्म दिन मनाएर आआफ्नो आसनमा बसेलगत्तै अध्यक्षद्वयबीच तिक्ततापूर्ण संवाद सुरू भएको थियो । त्यसपछि अरु नेता बोलेका थिए । बैठकमा नेताहरुबीचको संवाद र घोचपेचको शैली कस्तो थियो ? सहभागी केही नेताले करिब २ घण्टाको उक्त बैठकमा आएका अभिव्यक्तिको मुख्य सार यस्तो रहेको सुनाए :

Read more

विश्व एड्स दिवसको अवसरमा अछाममा अन्तरक्रिया

विश्व एड्स दिवसको अवसरमा अछाममा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी भन्ने स्लोगनका साथ स्वास्थ कार्यालय अछामले अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । अछामका सरोकारवाला र पत्रकारहरुको उपस्तिथिमा गरिएको कार्यक्रमको अध्यक्षता स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना रहनु भएको थियो ।

Read more

अन्तिम पोष्टमा साथीलाई शुभकामना दिँदै अस्ताए निरज कुँवर

कोरोना महामारीपछि चैत ११ गतेदेखि नेपालमा लकडाउन भयो। शिक्षा क्षेत्रमा विराम लागेपछि धनगढीका सबै विद्यालय तथा क्याम्पस बन्द भए। भाडामा बस्दै आएका सबै विद्यार्थीहरु धामाधम घरतर्फ लागे।

Read more

बृहत् सेवा अनि सस्तो शुल्क सहित पठाओ र टुटल, जस्तै ‘एटेन्ड एप’ आजदेखि सञ्चालनमा

टुटल र पठाओजस्तै सेवा दिने नयाँ एप्लिकेसन सञ्चालनमा आएको छ । एटेन्ड प्रा.लि.ले आइतबारदेखि देशभरको कार्यक्षेत्र र बृहत् प्रकारको सेवासहित आइतबार सो एप्लिकेसनको सुरुवात गरेको हो । सो कम्पनीले ल्याएको एप्लिकेसनमा मोटरसाइकल, ट्याक्सी, कार, जीप, स्वास्थ्य सेवा, एम्बुलेन्स तथा अन्य विभिन्न प्याकेजका सेवाहरु राखिएका छन् । यो एप्लिकेसनले सबै प्रकारका सेवालाई एउटै प्लेटफर्मबाट प्राप्त गर्नसक्ने विश्वास गरेको अध्यक्ष भीमकान्त भण्डारीले जानकारी दिए ।

Read more

अछामका ६ स्थानीय तहमा एकैदिन ६ अस्पतालको शिलान्यास

स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सोमबार एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास भएको छ भने अछामका ६ स्थानीय तहमा भवनको शिलान्यास गरिएको हो । कमलबजार नगरपालिका, चौरपाटी गाँउपालिका र बान्नीगढी जयगढ गाँउपालिकामा १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ । तुर्माखाँद गाँउपालिका, ढकारी गाँउपालिका र पञ्चदेवल बिनायक नगरपालिकामा १० शैयाको अस्पतालको सिलान्यास गरिएको हो ।

Read more

आज एकैसाथ ३९६ पालिकामा अस्पताल शिलान्यास हुँदै

आज ३९६ पालिकामा अस्पताल र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास हुँदैछ। पालिकासम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले आज एकैसाथ अस्पताल भवन शिलान्यास गर्न लागेको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल बन्ने जनाएको छ।

Read more

अछाममा बस दुर्घटना एक जनाको मृत्यु, १७ जना घाइते

अछाममा बस दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । जिल्लाको चौरपाटी गाउँपालिकाको मार्कुमा भएको बस दुर्घटनामा एक जनाको ज्यान गएको हो।

Read more

अछामकै ऐतिहासिक डौंठेगडा दसैं मेला आज : यसपाली नित्य पुजा मात्रै

जिल्लाको प्रसिद्ध ऐतिहासिक डौंठेगडा दसैं मेला यस वर्ष नहुने भएको छ।  कार्तिक शुक्लपूर्णिमाको दिन सधैँका वर्ष लाग्ने दसैंमेला यस वर्ष कोरोनाका कारण नहुने गांज्राका वडा अध्यक्ष हिरिण्ड बहादुर खड्काले जानकारी दिए। बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्रामा लाग्ने ऐतिहासीक डौंठेगडाको दसैं मेला २ सय २९ वर्ष पछि पहिलो पटक रोकिएको हो।

Read more
Page 104 of 132