आचार्य चाणक्य आफ्नो कुटनीतिका कारण इतिहासदेखि अहिलेसम्म चर्चित छन् । आफ्नो कुटनीतिकै बलमा साधारण एक सिपाही चन्द्रगुप्तलाई सम्राट बनाइदिएका थिए ।उनको चाणक्य नीतिमा राजनीतिमात्रै होइन, अर्थशास्त्र र जीवन दर्शनका विषयमा पनि उल्लेख गरेका छन् । जसलाई मनन गर्न सक्ने हो भने, हाम्रो जीवन नै बदलिन सक्छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौं उपत्यकाको न्यनूनतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ । दिउँसो १८–२० डिग्री सेल्सियस पुग्ने विभागले जनाएको छ ।
सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतिको सामना गरिरहेका बेला सुरक्षा निकायले उनको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन थालेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक बोलाउनुभएको छ । आफ्नै पार्टीभित्र विवाद बढेको, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएको हो ।
कंचनपुरमा अवैध उत्खनन गर्ने ६ जेसिवी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बेदकोट नगरपालीका वडा न. ३ र ४ मा खोलाबाट मापदण्ड विपरीत नदीजन्य साम्रगीको उत्खननमा प्रयोग भएका ६ वटा जेसीवी सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । बगुन खोलामा मापदण्ड विपरीत उत्खननमा प्रयोग भएका जेसिवी प्रहरीले नियन्त्रणमा लिएको हो । अवैध उत्खननमा प्रयोग भएका उपकरण प्रहरीले नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय महेन्द्रनगरमा राखेको प्रहरीले जनाएको छ।अवैध रुपमा खोलाको उत्खनन गर्नेलाई कानुन बमोजिम कार्बाही गर्ने प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए ।
सर्लाहीको विष्णु गाउँपालिकामा गए राति विद्युत्को तार सर्ट भई आगलगी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । विष्णु–२ पकडीगोठ बस्ने योगेन्द्रप्रसाद साहको काठले बनेको दुईतले घरमा गए राति करिब ११ बजेको समयमा आगलगी हुँदा उक्त क्षति भएको सर्लाही प्रहरीले जनाएको छ ।
अछाम जिल्लाको सहायक प्रमखु जिल्ला अधिकारीमा रञ्जन प्रसाद तिमिलसैना सरुवा भएर आएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर कार्यालयमा कार्यरत तिमिल्सैना अछाम सरुवा भएर आएका हुन् ।
सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीमा विगत लामो समयदेखि यात्रुहरु गाडी व्यवसायीबाट ठगिँदै आएका छन् । चर्को भाडा लिँदा आफूहरु ठगिँदै आएको उनीहरुको गुनासो छ । पटक–पटक ठगिएको गुनासो गर्दै आए पनि कसैले त्यसको सम्बोधन नगरेको उनीहरुको भनाइ छ ।
सत्तारुढ दल नेकपामा शक्ति संघर्षले पार्टी एकता धरमराइरहेका बेला एक अध्यक्षबिनै स्थायी समिति बैठक सुरु भएको छ। प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै आइतबार बैठक बसेको हो। तर, ओलीले पत्र पठाएर आफ्नो अनुपस्थितिको कारण खुलाएका छन्।
भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै न्युजिल्याण्डका केन विलियमसन आईसीसी टेस्ट वरीयताको दोस्रो स्थानमा उक्लिएका छन् । वेस्ट इण्डिजविरुद्ध दोहोरो शतक प्रहार गरेका विलियमसन ८ सय ८६ अङ्कका साथ टेस्ट वरीयताको दोस्रो स्थानमा पुगेका हुन् । वेस्ट इण्डिजसँगको खेलपछि विलियमसनको ७४ अङ्क वृद्धि भएको छ ।
राणा शासनको अत्याचारको विरुद्ध सुरु भएको शासन सत्ता परिवर्तको श्रृंखला गणतन्त्र प्राप्तिसम्म आइपुगेको छ । २००७ सालको क्रान्तिपछि पञ्चायती व्यवस्था पनि केही समय रह्यो । पञ्चायतविरुद्ध आन्दोलन सफल भएकै कारण २०४६ सालमा देशमा बहुदलीय व्यवस्था स्थापना भयो । शासन व्यवस्था परिवर्तन गर्न नागरिकहरूले बारम्बार ठूलो त्याग र बलिदानी गरे । बहुदलीय व्यवस्था स्थापना भएको छोटो समयमै देश १० वर्षे सशस्त्र द्वन्द्वमा फस्न पुग्यो ।
भारतीय टिभीको चर्चित कमेडी शो ‘तारक मेहताका उल्टा चश्मा’ का लेखक अभिषेक मकवानाले केही दिन अघि आत्महत्या गरेका थिए । अभिषेकले आफ्नो सुसाइड नोटमा आत्महत्याको कारण आर्थिक कारण बताएका थिए । तर अब उनको परिवारले अभिषेक ब्ल्याकमेल र साइबर धोकाको शिकार भएको दाबी गरेका छन् ।
रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो सिजनको अडिसन सुरु भएको छ । हिमालयन टेलिभिजनबाट प्रशारित ‘द भ्वाइस अफ नेपाल’ को तेस्रो सिजनको अडिसन सुरु भएको हो । हिजो शनिबार बाट ‘द भ्वाइस अफ नेपाल’ को डिजिटल अडिसन सुरु भएको कार्यक्रम उत्पादक हिमालयन टेलिभिजनले जनाएको छ ।
‘प्रधानमन्त्रीज्यू, राज्यले पश्चिम सेतीको सपना देखाउन थालेको शताब्दी पुग्न थालेको छ । पटक–पटक पश्चिम सेती निर्माण हुने हल्ला हुन्छ । निर्वाचनका समयमा सुदूरपश्चिम पुग्ने हरेक राजनीतिक दलका नेताले आफ्नै कार्यकालमा पश्चिम सेती बनाउने घोषणा गर्छन् तर निर्वाचनपछि पश्चिम सेतीको कुरा सुन्न फेरि अर्को निर्वाचन पर्खनुपर्छ । पश्चिम सेतीको सपना देख्दा–देख्दै तेस्रो पुस्ता बूढो भइरहेको छ,’ पश्चिम सेती जलविद्युत् आयोजना निर्माणस्थलसँग जोडिएको डडेलधुराको नवदुर्गा गाउँपालिकाका जनप्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखेको पत्रको अंश हो यो ।
कोरोना उपचारमा सूचीकृत अस्पतालहरूले दोहोरो शुल्क लिएको गुनासो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही अस्पतालले बिरामी र स्वास्थ्य मन्त्रालय दुवैबाट शुल्क लिएको गुनासो आएको जानकारी दिएका हुन् ।
पूर्वी चितवनमा आइतबार भएका फरक–फरक दुर्घटनामा प्रहरी जवानसहित दुईको मृत्यु भएको छ । मोटरसाइकललाई गाडी र ट्र्याक्टरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
भारतले अस्ट्रेलिया विरुद्धको टी-२० सिरिज जितेको छ । भारतले तीन खेलको शृंखलामा निर्णायक २–० अग्रता लिएको हो । उसले शृंखलाको दोस्रो खेलमा अस्ट्रेलियालाई ६ विकेटले हरायो ।
बिश्व महामारीको रुपमा फैलिरहको कोभिड १९ कोरना भाइरस पछिल्लो समयमा दिन प्रतिदिन भयाहव रुपमा समुदायस्तरमा रुपमा पैmलिरहको अवस्थालाइ मध्यनजर गर्दै आज आइतबार राति १२ बजेबाट लागुु हुने गरी पुुष ४ गते राति १२ बजे सम्मका लागि अत्ति आवश्यक सेवा बाहेक कमलबजार नगर क्षेत्र बन्द गरीएको छ । कमलबजार नगरपालिका स्तरीए संकट ब्यबस्थापन केन्द्रका संयोजक एबम कार्यबाहक नगरप्रमुख भुुमिसरण ढकाल बजगाइको अध्यक्षतामा बसेको बैठकले कमलबजार बजार क्षेत्र, भित्रका अति आवश्यक, खाद्ययान्न तथा तरकारी पसल दुध डेरी इन्धन पसल सिमित समयका लागि बिहान ७ बजे देखि १० बजे सम्म खोल्न पाइने, अन्य ब्यपार ब्याबसायभ भने बन्द गरीने बैठकले निर्णय गरेको छ । यस्तै नगरपालिका भित्रका सामुुदाइिक तथा निजि शैक्षिक संस्था पठन पाठन कार्य पुुर्णरुपमा बन्द गरीएको छ ।
डोटीको बोगटान फुड्सिल गाउँपालिका-७ सेउणीखेत पिउसिया भिरमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । चार जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका-७ का वडा सचिव मञ्जु त्रिपाठी, उहाँकी सासु र तीन वर्षका छाेराको ज्यान गएको हो ।
अप्ठ्यारोमा परेका , गरिब ,असाहय एकल महिलालाई सहयोग गर्न नागरिक समाज चौरपाटी गाउँपालिका -६ दुनीले अभियान थालेको छ । जसअनुसार भारतको मुम्बै शरमा भएका दुनीका स्थायी बासिन्दालाई एकै ठाउँमा आबद्ध गराउने उद्देश्यले नागरिक समाज प्रवास दुनी समेत गठन भएको हो ।
प्रधानमन्त्री केपी शर्मा अोलीले आफूले कुनैपनि हालतमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पद नछोड्ने अडान लिएका छन्। शनिवारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा स्पष्ट पारेको एक सचिवालय सदस्यले बताए। आजको सचिवालय बैठकले विवाद मिलाउन नसकेपछि दुई अध्यक्षको प्रतिवेदन स्थायी समितिमा लैजाने निर्णय गरेको थियो।
कलाकार डेक हिङमाङ द्वारा अभिनित म्युजिक भिडियो ‘पराई’ सार्वजनिक भएको छ । डेविड जेम्सको स्वरमा रहेको गीतको म्युजिक भिडियो बेथेल गोस्पेल मिडिया नामक युटुब च्यानलबाट सार्वजनिक भएको हो ।
प्रिय कोरोेना तिमि जति यो संसारमा निरही,माहामारी र आतन्की अरु कुनै पनि नभएको महसुस भैइ रहेको छ । हरेक दिन नेपालमा बसोबास गर्ने ३ करोड नेपाली र विश्बका २०० भन्दा बढि देशमा म जस्ता सामान्य नागरीकलाई जिबन जिउन आधार नै संकटमा पारेउ,मितिले बहुसंख्याक युवाहरुको रोजीरोटी गुमाइ दिइयो,हजारौ युवाहरुले आफ्नो आम्दानीको श्रोतनै गुमाए र मेरो जस्तो सानु देशमा १५ सय भन्दा बढी नागरीकले आफ्नो जिवन सधैका लागी गुमाएका छन ।