मोबाइल एप रिचार्जरले क्रिसमसको अवसरमा १२ रुपैयाँमै आइफोन १२ खरिद गर्न सकिने अफर सार्वजनिक गरेको छ । रिचार्जरले आफ्ना प्रयोगकर्तालाई १२ रुपैयाँको टोकन खरिद गरी क्रिसमस अफरमा सहभागी भई आइफोन १२ जित्ने अवसर दिएको हो ।
सत्तारुढ कम्युनिस्ट पार्टी (नेकपा) का दुई समूहले मंगलबार बेग्लाबेग्लै स्थान र समयमा केन्द्रीय समितिको बैठक बोलाएका छन् । दुई समानान्तर बैठकहरु नेकपा विभाजनका लागि औपचारिक प्रस्थानविन्दु हुनेछन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेपछि दुई समूह एकै ठाउँमा बस्नसमेत सकेका छैनन् । दुबै समूहले सोमबार आ-आफ्नो पक्षका संघीय सांसदहरुको भेला गरेका छन् । र, यसैको सिलसिला अन्तरगत मंगलबार समानान्तर केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँग प्रतिनिधिसभा विघटनको निर्णय उल्टिए सरकार र निर्वाचनमा जानुपर्ने अवस्था आए संयुक्त चुनावी सहकार्यका लागि प्रस्ताव गरेका छन् । कांग्रेसले सोमबार बोलाएको सर्वदलीय बैठकमा दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध तत्काल सर्वोच्च अदालतमा सामूहिक रिट दिने र साझा कार्यक्रमका साथ सडक संघर्षमा उत्रिने प्रस्ताव पनि राखेका छन् ।
एकतापछि पार्टीको सचिवालयका ७५ वटा सचिवालय बैठक भए। कुनै बैठकमा पनि देश र जनतासँग सम्बन्धित विषयमा छलफल गर्न राजी हुनुभएन। मेरा मान्छेलाई खोइ, मलाई खोइ, उधारो होइन हाताहाती चाहिन्छ भन्ने स्वार्थमा मात्रै उहाँहरू घेरिनुभयो। तीन महिनामा सक्ने भनिएको पार्टी एकतामा पनि प्रचण्डले सिन्को भाँच्न सकेनन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले विगतको गलत अवधारणा र मार्गचित्र सच्याउन र भ्रष्ट नेतृत्वबाट मुक्तिका लागि ताजा जनादेशमा जानु उत्तम विकल्प भएको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचान घोषणा गरेको भोलिपल्ट सोमबार दिउँसो देशबासीलाई सम्बोधन गर्दै ओलीले निर्वाचनको तयारीमा जुट्न आहृवान गरेका हुन् ।
‘निर्वाचनमा जाँदा संविधान अप्ठ्यारोमा पर्छ, लोकतन्त्र संकटमा पर्छ र मुलुक अस्थिरतातर्फ धकेलिन्छ भनेर चलाउन खोजिएका प्रचार र भ्रमहरु निराधार छ’ उनले भने, ‘राजनीतिक स्थिरताको प्रत्याभूति गर्ने निर्णायक तत्व जनताको अभिमत हो । तसर्थ कुन कुरामा नअल्मलिई आम निर्वाचनको तयारीमा जुट्न आहृवान गर्दछु ।’
आफ्नो पार्टीको अन्तर्कलह व्यवस्थापन गर्न अक्षम भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभा विघटनको असंवैधानिक अस्त्र रोजेका छन् । संविधानले निषेध गर्दागर्दै पनि ‘आफ्नै अहम्को धारा’ प्रयोग गरेर प्रधानमन्त्रीबाट भएको यो कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि उचित सोच–विचारबिनै अनुमोदन गरिदिएकी छन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेको विषयलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि प्रमुखताका साथ प्रस्तुत गरेका छन् ।
निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचन एकै चरणमा गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ । संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणापछि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार निर्वाचन आयोगका पदाधिकारीलाई बालुवाटार बोलाएका थिए ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधी सभा विघटन गर्ने सिफारिस गरेपछि नेपालमा फेरि राजनीतिक अस्थिरताको सुरुवात भएको छ । संविधान बनाउँदा राजनीतिक स्थिरता नहोस् भनेर प्रधानमन्त्रीले संसद विघटन गर्ने स्पष्ट प्रावधान राखिएको थिएन । तैपनि प्रधानमन्त्री ओली आफू कमजोर भएपछि संसद विघटन गरी नयाँ चुनावमा जाने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीले लिएको यो बाटोले नेपाललाई फेरि राजनीतिक अस्थिरतातर्फ लगेको छ । प्रधानमन्त्री ओलीले गरेको यो निर्णयको संवैधानिक र कानूनी वैधता के हुन्छ भन्ने प्रश्न उठेको छ । सरकारको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरिसकेको यस अवस्थामा अबको राजनीतिक अस्थिरता कता मोडिन्छ अथवा, प्रतिनिधी सभाको विघटनको घोषणाले अब के के हुन सक्छ त ?
आईएमई नेपाल लिटरचेर फेस्टिभलको नवौं संस्करण पुस १४ र १५ गते भर्चुअल रूपमा पोखरामा आयोजना हुने भएको छ । आयोजक संस्था बुकवर्म फाउन्डेसनले शनिबार पोखरामा पत्रकार सम्मेलन गरी फेस्टिभलबारे जानकारी दिएको हो । पुस १३ गते फेस्टिभलको पूर्वसन्ध्यामा भने शुभारम्भ साँझ हुनेछ । उक्त साँझमा प्रदीप रोदनसँग अमृत सुवेदीको मेहफिल कार्यक्रम हुने छ ।
काठमाडौंबाट जनकपुरतर्फ उड्नुपर्ने बुद्ध एयरको ‘माइक यांकी’ एटीआर विमान शुक्रबार जब पोखरा विमानस्थलको धावनमार्गमा अवतरण हुँदै थियो, एयरहोस्टेस लुमन्ती मानन्धर भन्दै थिइन्, ‘यात्रु महानुभावहरू हामी जनकपुर विमानस्थलमा आइपुगेका छौं । बाहिरको तापक्रम २२ डिग्री सेल्सियस रहेको छ ।’
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका वडा नं ९ असुरपाबाट मेलौलीतर्फ आउँदै गरेको सुप प्रदेश ०१००२ त ४५७७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
धनगढीको आदर्श नव यूवा क्लवले धनगढी बसपार्क प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
धनगढी उप–महानगरपालिका वडा नं – ५ मा रहेको आदर्श नव यूवा क्लवले धनगढी बसर्पाकमा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।
कैलालीमा लामो समय देखि मोटरसाईकल चोरी गर्ने गिरोहका ६ जना ७ वटा मोटर साईकल सहित पक्राउ परेका छन । जिल्लाका विभिन्न स्थानबाट मोटरसाईकल चोरी गर्ने गिरोहका ६ जनालाई ७ वटा मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
लमजुङको सुन्दरबजार नगरपालिका–४ चारघरे दुराडाँडाकी ३५ वर्षीया धनमाया भुजेलको हत्या अवैद्य सम्बन्ध खुल्ने डरले आफ्नै भतिजाले गरेको खुलेको छ ।धनमायाका भतिजा पर्ने गाउँकै २० वर्षीय सागर भुजेलको योजनामा उनको हत्या भएको अनुसन्धानबाट खुलेको लमजुङका प्रहरी प्रमुख डिएसवपी गंगाबहादुर थापाले जानकारी दिए। हत्यामा संलग्न सागर र गाउँकै अर्का युवा १९ वर्षीय विकास भुजेललाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार विकास मृतक महिलाका नातामा भान्जा पर्ने व्यक्ति हुन्।